भोजपुरमा विप्लवका पाँच जना कार्यकर्ता प्रक्राउ, को को परे ?


 


भोजपुर, कात्तिक ३०
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता भोजपुरको विभिन्न ठाउँबाट पक्राउ परेका छन् ।

प्रकाउ परेकाहरुमा ट्याम्के मैयुङ गाउँपालिका वडा नं २ छिनामखुबाट लोकबहादुर बस्नेत, षडानन्द नगरपालिका २ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका १० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई प्रक्राउ परेका हुन् ।

पक्राउ परेका पराजुली नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष र विष्ट सचिव हुन् । यस्तै दुर्गा भट्टराई राष्ट्रिय युवा जन स्वयम्सेवकका जिल्ला सदस्य र राई स्थानीय स्वाथ्यचौकीका कर्मचारी हुन् ।

आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले विज्ञाप्ति सार्वजानिक गर्दै भत्सना गरेको छ ।

जिल्ला शेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञाप्तीमा स्थानिय प्रशासनले निकृष्ट ढंगबाट आफ्ना शुवेच्छुकहरूमाथि धरपकट गरेको उल्लेख गरिएको छ ।

गत २८ गते पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राई माथी बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको भोजपुरका प्रहरी नाएव उपरिक्ष दिपेन्द्र पन्जीयार थारुले वताए ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्