भोजपुरमा राप्रपाका पूर्व जिल्ला अध्यक्ष सहित २० जना एमालेमा प्रवेश (भिडियो सहित)


 


भोजपुर, कात्तिक ३०
भोजपुरको टक्सारमा राप्रपा नेपालका पूर्व जिल्ला अध्यक्ष केशरबहादुर श्रेष्ठ र नेपाली कांग्रेसका ईश्वर कार्की सहित २० जना एमालेमा प्रवेश गरेका छन् ।

बिहिबार चुनावी कार्यक्रमकाविच एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश सभा भोजपुर क्षेत्र नं २ का उम्मेदवार शेरधन राईले उनिहरुलाई स्वागत गर्दे पार्टी प्रवेश गराएका हुन् ।

उनिहरुलाई उम्मेदवार राई सहित सैन्यविद डा. इन्द्रजित राई, प्रदेश नं १ को प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवार सिर्जना राई लगायत एमाले र माओवादी केन्द्रका नेताहरुले फुलमाला र अबिर लगाएर स्वागत गरेको युवा संघ नेपाल भोजपुरका सचिव विमल रणपहेलीले जानकारी दिए ।

पार्टी प्रवेशपछि बोल्दै श्रेष्ठले एमालेले मात्र यो राष्ट्र बचाउने बताएका थिए । श्रेष्ठले भने अवको निकास वाम गठबन्धनवाट हुने भएकोले बाम गठबन्धनलाई जिताउन समेत अपिल गरेका छन् ।

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य शेरधन राई, पुर्व सभासद ईन्द्रजित राई प्रदेश सभा समानुपातिक उम्मेदवार सिर्जना राई, अखिल सचिव मक्करबहादुर खड्का, युवा नेता एंव सम्पर्क संगठन कमिटी प्रदेश नं १ का सदस्य पारुहाङ राई, युवा नेताहरु तिलकराम राई, दुर्गा योञ्जन समाजसेवी राजन श्रेष्ठ, राजकुमार कार्की, राजकुमार श्रेष्ठ लगायत एमाले र माओवादीका नेताहरुको उपस्थिति थियो ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्