बुढीगण्डकी आयोजना भारतीय कम्पनीलाई दिन गेजुवाबाट खोसिएको खुलासा


 


काठमाडौं, कार्तिक ३०

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको खुलासा भएको छ ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारले  चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेको थियो ।

तर सो निर्णयलाई शेरबहादुर देउवाको सरकार खारेज गर्ने निर्णय गरेको थियो ।  सिजिजिसीसँगको सम्झौता खारेज गर्नुको कारण भारतलाई दिनका लागि भएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

उसले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि लाई दिने समझदारी रद्ध गरेको दाबी गरेको छ ।

समचारअनुसार सिजिजिसीलाई आउट गरेर भारतीय सरकारी कम्पनीलाई इन गराउने तयारी स्वरुप सम्झौता रद्ध पारिएको उल्लेख छ ।

त्यसबेला लाइसेन्स दिने र अहिलेके खारेजी दुवै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हाबी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको समाचारमा उल्लेख छ ।

यद्यपी नेपाल सरकारले भने अहिले सम्झौता खारेज मात्रै गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्