ललितपुर १ मा पूर्व डिआईजी र अर्थराज्यमन्त्री बीच प्रतिस्पर्धा


 


ललितपुर, कार्तिक ३०

ललितपुर जिल्लाको दक्षिणी भाग समेटिएको क्षेत्रमा पूर्व डिआईजी नवराज सिलवाल र अर्थ राज्यमन्त्री उदय शमसेर राणाबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

यो क्षेत्र नं १ अन्तर्गत वागमती गाउँपाकिला, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, र गोदावरी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १३ पर्दछन् ।

अर्थ राज्यमन्त्री तथा कांग्रेस युवा नेता राणा कांग्रेस र राप्रपाको साझा उम्मेदवारको रुपमा भने एमाले–माओवादीको संयुक्त उमेदवारको डिआईजीबाट राजीनामा दिएर हालै एमालेमा प्रवेश गरेका सिलवाल चुनावी मैदानमा उत्रिएका छन् ।

उदय शमसेर राणा दोस्रो संविधानसभामा सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् भने सिलवाल हालै एमालेमा प्रवेश गरेर टिकट पाएका हुन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता वर्षमान पुन र २०७० मा कांग्रेस नेता राणालाई जिताएका यो क्षेत्रका मतदाता आश्सान मात्रै बाँडेको भन्दै पूर्व सांसदसँग आक्रोसित छन् ।

तर, सरकारबाट अन्याय भएर न्याय माग्न जनतासँग जाने अभिव्यक्ति दिएका सिलवाल अहिले गाउँ–गाउँमा खटेका छन् । तर, कांग्रेस उमेदवार राणा भने जनता ‘फेस’ गर्न नसकेको स्थानीयको भनाई छ ।

उमेदवारले चुनाव अगाडि विभिन्न आश्वासन बाँड्ने र चुनावपछि केही नगर्ने भएकाले पनि मतदाता आक्रोशित हुनु स्वभाविक हो ।

वैद्धिकताका दृष्टिकोणबाट पनि निकै अब्बल छन् यी दुई उमेदवार । तर, चुनावी कार्यक्रममा दुई बीचको घोचपेच पनि सामाजिक सञ्जालमा भाइरल बन्दै आएको छ ।

त्यसो त राणाले विभिन्न बाटोहरू पिच भइसकेको आवश्वासन दिँदै गर्दा सिलवालले कुन बाटो कस्तो छ भन्ने थाहा नहुनेले पिच भएको भन्नु लज्जास्पद भन्ने गरेका छन् ।

सरकारले अन्याय गरेकाले जनताले न्याय गर्ने सिलवालको आशा छ । उनी सोही क्षेत्रका स्थायी बासिन्दा भएकाले पनि गोदावारीमा उनलाई कांग्रेसले पनि भोट दिने बुझिएको छ ।

राणा भने कुपण्डोलका बासिन्दा हुन । तर, दक्षिण ललितपुरमा केही जग्गा किनेर आफ्नो भोटर लिस्टमा नाम भने उतै सारेका छन् ।

स्थानीय तहको निर्वाचन नजिता अनुसार पनि यो क्षेत्रमा बाम गठबन्धनको पक्षमा कांग्रेसको भन्दा करिब साढे ६ हजार मत रहेको छ ।

वडा अध्यक्षको मत जोडेर निकालिएको नतिजा अनुसार यो क्षेत्रमा एमाले–माओवादी गठबन्धनको मत २४ हजार ८६७ रहेको छ भने कांग्रेस–राप्रपा १८ हजार ४४६ रहेको छ ।

स्थानीय तहको बलियो मत र सिलवालले पाउन सक्ने जनताको सद्भावले गर्दा पनि बाम गठबन्धन सो क्षेत्रबाट विजयी हुने आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्