चुनावी प्रचारको क्रममा लडेर एमाले नेता पाण्डे गम्भीर घाइते


 


काठमाडौं, कार्तिक ३०

धादिङका बाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ (क) को प्रदेशसभाका लागि उम्मेदवार रहेका पाण्डे बुधबार लडेर घाइते भएका हुन् ।

उनी दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा पाण्डे लडेर घाइते भएको जानकारी दिए ।

उनको टाउको र गालामा चोट लागेको छ । नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई बुधबारै मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्