शेरधन माथि बम आक्रमण प्रकरण : यस्तो छ वाम गठबन्धनको निष्कर्ष


 


भोजपुर, कात्तिक २९
भोजपुरमा पूर्वमन्त्री एंव वाम गठबन्धनका उम्मेदवार शेरधन राई माथि बम प्रहार गरेर देशमा स्थायित्व नचाहानेहरुले भोजपुरमा ठुलो गिरोह परिचालन गरेको बाम गठबन्धनको निष्कर्ष छ ।

बाम गठबन्धनका उम्मेदवारहरुले बुधवार मिडिया सेन्टर भोजपुरमा यस्तो बताएका हुन् ।

पूर्व मन्त्री एवं बाम गठबन्धन प्रदेश तर्फ क्षेत्र नं २ का उमेदवार शेरधन राईले यो घटना सुनियोजित हिसावले आफ्नो राजनीतिक इतिहासलाई समाप्त गर्ने उद्धेश्यले गरिएको बताए। आफुले राष्ट्रको काम गर्दा कसैलाई असर पर्ने काम नगरेको समेत उनको दावी थियो ।

राईले विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीलाई इंगित गर्दै यो घटनाको विषयमा जसलाई शंका गरिएको छ त्यस समुहले नभएर बामपन्थी शक्तिहरुको विजयबाट आतिएका तत्वहरुको हारमानसिकताको पराकाष्ट रहेको जनाए ।

यस अगाडि भोजपुर जिल्लामा रहस्यमय घटनाका दोषी हाल सम्म पत्ता नलाग्नु र पूर्व मन्त्री माथिनै बम प्रहार हुनु गम्भिर विषय रहेको प्रतिनिधि सभाका उम्मेदवार सुदन किरातीले बताए ।

कार्यक्रममा क्षेत्र नं १ का बाम गठबन्धनका उमेदवार राजेन्द्रकुमार राईले सुरक्षा निकाय गम्भिर भएर उमेदवारहरुको सुरक्षामा लाग्नु पर्ने बताए ।

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्