भोजपुर विकासका लागि यस्ता छन् राजेन्द्र राईको एजेण्डा


 


भोजपुर, कात्तिक २९
प्रदेश सभा भोजपुर क्षेत्र नं १ को निर्वाचनमा एमालेका चर्चित युवा नेता केन्द्रिय सदस्य राजेन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् ।

भोट माग्दै गाउँ गाउँ पुगेका राईले भोजपुरको विकास र समृद्धिका कुरालाई अगाडि सारेका छन् ।

आफ्नो पक्षमा ह्वात्तै महोल बनाएका राई बाम गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।

गाउँको चुनावी सभामा सम्बोधनदेखी घरदैलोसम्म भ्याइरहेका राईले भोजपुर विकासको केही खाका नै कोरिसकेका छन् । राईले हरेक मतदाता माझ यस्तो प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनको महान् उपलब्धिका रूपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेलाको मुख्य कार्यभार हो ।

निर्दिष्ट समयसीमाभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले त्यस कार्यभारलाई पूरा गर्दछ । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको परिप्रेक्ष्यमा आगामी मंसिर १० र २१ गते संघ र प्रदेश तहको निर्वाचन सम्पन्न हुने क्रमसँगै संविधान कार्यान्वयनको मुख्य कार्यभार पूरा हुनेछ ।

विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रूपमा रहेका नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) का बीच २०७४ असोज १७ गते एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा हामीले गरेका छौं ।

यो घोषणा कार्यान्वयनको पहिलो कदमका रूपमा हामीहरू राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएका छौं । चुनावपछि पार्टी एकता हुँदै छ ।

यही निर्वाचनमा म भोजपुरको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा वाम गठबन्धनको साझा उम्मेदवार बनेको छु र यस निर्वाचनमा उम्मेदवारका रूपमा तपाईंहरूका बीचमा आउँदा मलाई खुसी र गर्व महसुस भइरहेको छ ।

नेपालको सबैजसो राजनीतिक परिर्वतनको आन्दोलनमा भोजपुरेहरूको योगदान निकै गौरवपूर्ण छ, तर भौतिक पूर्वाधार निर्माण र विकासका हिसाबले भोजपुर प्रदेश नम्बर १ को कम विकसित जिल्ला हो ।

जसरी राजनीतिक परिवर्तनको अगुवाइ हामी वामपन्थीहरूले ग¥यौं, अब समृद्धिको अगुवाइ पनि भोजपुरमा वामपन्थीहरू नै गर्नुपर्छ भन्ने हाम्रो अठोट रहेको छ ।

त्यही अठोटका साथ यहाँहरूका बीचमा मेरो प्रतिबद्धता–पत्र प्रस्तुत गरेको छु । भोजपुरलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध पार्न निम्नानुसारको कार्ययोजना पाँच वर्षभित्र पूरा गरेरै छाड्ने मेरो दृढसंकल्प छ ।

सडक सञ्जाल

१ पाँच वर्षभित्र सबै गाउँपालिका तथा नगरपालिकाका केन्द्रमा कम्तीमा ग्राभेल र कालोपत्रे सडक अनि वडाको केन्द्रसम्म सडक र बाह्रै महिना गाडी गुड्न सक्ने सडक निर्माण तथा स्तरोन्नति गरिनेछ ।

२ हरेक स्थानीय तहमा सडकको स्तरोन्नति गर्दै कालोपत्रे गरिनेछ ।

३ वडा–वडासम्म सडक सञ्जाल जोडिनेछ र बनिसकेका सडकको मर्मत एवं स्तरोन्नति गरिनेछ ।

४ संखुवासभाको तुम्लिङटार हुँदै दिङ्ला–भोजपुर सडकमार्ग कालोपत्रे गरिनेछ ।

५ ‘तेन्जिङ हिलारी मार्ग’ ९तुम्लिङटार–लम्सुवा, सतीघाट–कात्तिके पुल, बालुवाबेंसी–मझुवा, चालिसे–तावुटार, गोथेबजार–लङ्खुवा, दोभानेको साल्पाफेदीदेखि सोलुखुम्बुको सगरमाथा० सडक निर्माण गरिनेछ ।

६ मध्यपहाडी राजमार्गअन्तर्गतको लेगुवाघाटदेखि भोजपुर हुँदै चखेवा भन्ज्याङसम्मको सडक तत्काल कालोपत्रे गरिनेछ ।

७ ट्याम्के मैयुम गाउँपालिकाभित्रको सडक बाघखोर, माझखर्क, तीनभँगाले हुँदै अन्नपूर्ण केन्द्रदेखि पिङडाँडासम्म पाँच वर्षभित्र निर्माण र ग्राभेल गरिनेछ ।

८ छिनामखु, सृदले, याङ्चिङटार सडकको स्तरोन्नति गरिनेछ ।

९ खावाको भन्ज्याङ, केराबारी हुँदै बोखिम भोजपुर सडक निर्माण गरिनेछ ।

१० ट्याम्के मैयुमअन्तर्गत चोलन्ती विष्टगाउँदेखि खुकेमझौलेसम्म तुुरुन्तै ट्र्याक खोलेर पाँच वर्षभित्र कालोपत्रे सडक निर्माण गरिनेछ ।

११ ट्याम्के मैयुमअन्तर्गत खोङ्टाङ, पाङ्तेखा हँुदै हुँगे चखेवासम्मको सडक निर्माण गरिनेछ ।

१२ हिले भन्ज्याङ, हेलौंछा, बोया, साङपाङ ,तुंगेछा हुँदै दिङ्ला जोड्ने सडकको स्तरोन्नति गरिनेछ ।

१३ तुर्केघाटबाट देउराली–साङपाङ हुँदै फालीदोबाटोसम्मको सडक स्तरोन्नति गरिनेछ ।

१४ भोजपुर सदरमुकाम–दिङ्ला–कुलुङ सडकको स्तरोन्नति गरिनेछ ।

१५ दिङ्ला बजारबाट चिउराबोटे–नेपालेडाँडाको ल्याङ, सोमबारे–पोखरे–कुदाककाउलेको तल्लो ताबु–बयक–लङ्खुवा हुँदै दोभाने–साल्पा–सोलुसम्मको सडक निर्माण र स्तरोन्नति गरिनेछ ।

१६ प्याउली याङपाङ बोया पित्तिम, फ्याक्रे, झयाउँपोखरी, साङपाङ, रिट्ठाबोटे, तुंगेछा, दिङ्ला, मूलपानी, खार्ताम्छा, कुदाककाउले हुँदै साल्पासिलिछो जाने सडक निर्माण र स्तरोन्नति गरिनेछ ।

१७ भोजपुर–काफ्ले हुँदै भंैसीपंखा–खुरिला सडकको स्तरोन्नति गरिनेछ ।

१८ कुलुङ–बुङ्लिङदेखि चौकीडाँडा–खाटाम्मा–दोभाने हुँदै साल्पापोखरीसम्मको सडक निर्माण र स्तरोन्नति गरिनेछ ।

१९ फालीदोबाटो–तीनतले–भीरथाप्ला–पखुवा भन्ज्याङबाट साउने बेस क्याम्प हुँदै चखेवा सडक मार्र्ग निर्माण गरिनेछ ।

२० दिङ्ला साल्बोटे–आरूबोटे–झ्याउँपोखरी सडक निर्माण गरिनेछ ।

२१ बोखिम–सुन्तले–बाघखोर–माचखर्क–सुम्लिखा हुँदै तिम्मा जाने सडक निर्माण गरिनेछ ।

२२ धापखर्क–मानेडाँडा–अरुणडाँडा हुँदै श्यामशिला जोड्ने पर्यटकीय मार्ग निर्माण गरिनेछ ।

२३ बैदार भन्ज्याङबाट तालखर्कसम्म र किमालुङबाट फालीदोबाटोसम्मको सडक निर्माण गरिनेछ ।

२४ हिले भन्ज्याङबाट चम्पेसम्म ट्र्याक निर्माण गरिनेछ ।

२५ भोर्लाको बोट–याकु–सोसेटार–तिवारी भन्ज्याङ सडक ग्राभेल गरिनेछ ।

२६ नेपालेडाँडा–थापाथलीबाट पोखरे हुँदै कुदाककाउले–तल्लो ताबु सडक विस्तार गरिनेछ ।

२७ मछुवाघाटदेखि झ्याउँपोखरी, साम्पाङ, तीनतले भोजपुरसम्म सडक निर्माण गरिनेछ ।

२८ खावा गाविस बरिला–रमिते–भोरनागी–पान्धारे जोड्ने सडक निर्माण गरिनेछ ।

२९ कुदाककाउले भन्ज्याङबाट भोटेछाप–छाँगेटार हुँदै साउनेडाँडा खोटाङ सोलु पुग्ने सडक निर्माण गरिनेछ ।

३० कुलुङ चौकीडाँडा ताल हुँदै खाटाम्मा, दुम्मा, माझखर्क, मातेल, साल्पा सोलुसम्म सडक निर्माण गरिनेछ ।

३१ बन्चरे–चरम्बी–शैलुंगे–प्याउली सडक निर्माण गरिनेछ ।

३२ माझखर्क–सार्की भन्ज्याङ–लेवाङडाँडा सडक निर्माण गरिनेछ ।

३३ लेवाङडाँडा, वैद्यगाउँ, कुमालटार हुँदै रघुवा दोभानसम्म सडक निर्माण गरिनेछ ।

३४ खोर्साने बगरदेखि बन्चरेसम्मको सडक निर्माण गरिनेछ ।

३५ जरायोटार, सिक्रेटारदेखि सानोदुङ्मासम्म सडक निर्माण गरिनेछ ।

३६ भोर्लाबोटदेखि याकु हुँदै प्याउलीसम्म सडक निर्माण गरिनेछ ।

३७ प्याउली, चम्पेदेखि हिले भन्ज्याङ पुग्ने सडक निर्माण गरिनेछ ।

३८ प्याउलीबाट पन्चेदोबाटो हुँदै रातमाटो देउरालीसम्मको सडक निर्माण गरिनेछ ।

३९ पन्चेदोबाटो, भालढुंगा, खर्केलीटार, यागुन्वा, दोभाने सडक निर्माण र हरेलोडाँडा, चरम्बी हुँदै बैरेनीघाटसम्मको सडक निर्माण गरिनेछ ।

४० प्याउली हङ्ग्रायो खोला हुँदै तिवारी भन्ज्याङ सडक निर्माण गरिनेछ ।

४१ प्याउली, बतासे हुँदै माचुङ, हिलेभन्ज्याङसम्म सडक निर्माण गरिनेछ ।

४२ नवलपुर–बस्नेतगाउँ–धपेनी–मिलडाँडा सडक निर्माण गरिनेछ ।

विद्युत् विस्तार

१ भोजपुरका सबै नदीमा जलविद्युत् उत्पादन गरिनेछ ।

२ ‘जनताको पानी जनताकै लगानी’ भन्ने नारालाई आधार मानेर स्थानीय जनताहरूकै सहभागागिता र लगानीमा आयोजनाहरू निर्माण गरिनेछन् ।

३ स्थानीय स्तरमा उत्पादनमा भइरहेको जलविद्युत्लाई थप व्यवस्थित बनाइनेछ ।

४ नगरपालिकाका र गाउँपालिकाका सबै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइन र अन्य स्थानीय लघु जलविद्युत् र अन्य स्रोत परिचालन गरी पाँच वर्षभित्र सबै जनताका घरमा बिजुलीबत्ती पु¥याइनेछ ।

५ पिखुवा, चिर्खुवा, इर्खुवा, एखुवा खोलालगायतबाट उत्पादन हुने विद्युत् क्षमताको अध्ययन भइसकेको र काम थालिसकेको इस्टर्न हाइड्रोलगायतका निर्माणकार्य दु्रतगतिमा अगाडि बढाउन पहल गर्दै बाँकी क्षमताको अध्ययन गरी विद्युत् उत्पादनमा जोड दिइनेछ ।

६. २ सय ५० किलोवाट क्षमताको सिक्तेल साना जलविद्युत् आयोजनाको मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइनेछ ।

खानेपानी र सिँचाइ

१ प्रत्येक गाउँपालिका र नगरपालिकामा खानेपानीका लागि ‘एक घर एक धारा’ अनिवार्य व्यवस्था गरिनेछ ।

२ सुक्खा क्षेत्रमा खानेपानीको व्यवस्था गर्न लिफ्ट र ड्रिलको माध्यमबाट खानेपानीको व्यवस्था गरिनेछ ।

३ श्यामखोला बहुउद्देश्यीय सिँचाइ आयोजना तत्काल निर्माण गरिनेछ ।

४  जरायोटार सिँचाइ आयोजना निर्माण गरिनेछ ।

५ कुदाककाउँले सातढुंगे खानेपानी आयोजना, तल्लो ताँबु योजना सञ्चालन गरिनेछ ।

६ गुप्तेश्वर र सिद्धेश्वरमा सिँचाइमा लागि खोला सिरानबाट घुर्बिसेसम्म कुलो निर्माण गरिनेछ ।

७ महभीर खोला, सिस्नेघारी, खुरिला सिँचाइ आयोजना भैंसीपंखा निर्माण गरिनेछ ।

८ साधीखोला सिँचाइ आयोजना कुदाककाउले–२ र ३ निर्माण गरिनेछ ।

९ स्थानीय तहका सबै सिँचाइ आयोजनाहरू सूचीकृत गरिनेछन् । स्थानीय तह र सम्बन्धित उपभोक्ताको साझेदारीमा नहर निर्माण, मर्मत–सम्भार र सञ्चालनको व्यवस्था गरी वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।

१० जग्गाको माटो परीक्षणसहित कृषिको सम्भाव्यता अध्ययन गरी सोहीअनुरूपको कृषि व्यवसाय प्रवद्र्धनका लागि पहल गरिनेछ ।

११ ‘एक घर ः एक करेसाबारी’को अभियान चलाइनेछ ।

१२ वास्तविक किसानबाट उत्पादित वस्तुहरूमा बिचौलियाहरूबाट हुने अत्यधिक शोषणको अन्त्य गर्न हरेक वडामा कृषि उपज संकलन केन्द्र र नगरमा एक सुविधा सम्पन्न चिस्यान केन्द्रको स्थापना गरी उत्पादित वस्तुको बजारीकरण गरिनेछ ।

१३ किसानहरूलाई व्यवसायका लागि कृषि सहकारी र विभिन्न लघुवित्तबाट सुलभ ब्याजमा ऋण प्रदान गरिनेछ ।

१४ वन क्षेत्रको संरक्षण, आयआर्जनमुखी बनाउन सामुदायिक वन समूहहरूलाई सशक्तीकरण गरिनेछ ।

१५ कृषिबाली तथा पशुपन्छीहरूको हानिनोक्सानीबाट किसानलाई राहत दिन नेपाल सरकारले सुरुवात गरिसकेको अनुदानसहितको कृषि बिमा कार्यक्रमलाई अभिकर्ता सेवालगायतका क्रियाकलाप सञ्चालन गरी व्यवस्थित गरिनेछ ।

१६ कृषिबालीमा प्रयोग हुने विषादी तथा पशुपन्छीमा प्रयोग हुने औषधिका अवशेषबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याहरूलाई न्यूनीकरण गर्न असल कृषि अभ्यास तथा प्रांगारिक खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ ।

१७ किसानहरूको हितका लागि अनुदानमा मल र बीउको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाइनेछ ।

खेलकुद

१ प्रत्येक स्थानीय तहमा रंगशाला, खेलमैदान, युवा क्लब तथा विचरण पार्कहरू निर्माण गरिनेछ ।

२ षडानन्द नगरपालिका दिङ्लामा रंगशाला र कभर्डहल निर्माण गरिनेछ ।

३ सबै वडामा स्तरीय खेलमैदान तथा फुटबल मैदान बनाइनेछ ।

४ सबै वडा केन्द्र र हालका टोलहरूमा एकएक भलिबल ग्राउन्ड निर्माण गरिनेछ ।

५ सम्पूर्ण खेलाडीका लागि एक क्षेत्रीय खेलकुद तालिम केन्द्र स्थापना गरिनेछ ।

६ स्थानीय स्तरका सम्भावना बोकेका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा प्रतियोगितामा अवसर प्रदान गर्न विशेष पहल र अभियान सुरु गरिनेछ ।

७ प्राथमिक तहदेखि महाविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुदमा भाग लिन अनिवार्य गरिनेछ । सबै तहका विद्यालयहरूमा इन्डोर तथा आउटडोर खेलकुद कार्यक्रम सञ्चालन गरिनुका साथै सुविधासम्पन्न खेलमैदानको व्यवस्था गरिनेछ ।

८ सबै गाउँपालिका तथा नगरपालिका वडाका टोलहरूमा खेलमैदान र विचरण पार्क बनाइनेछ । नागरिकहरूलाई बिहान–बेलुका खेलकुदमा अनिवार्य भाग लिन प्रोत्साहित गरिनेछ ।

९ खेलकुदको प्रत्येक विधामा स्थानीय कोचहरू नियुक्त गरी निरन्तर प्रशिक्षण कार्य सञ्चालन गरिनेछ ।

१० प्रत्येक वडामा वृद्धदेखि बालबालिकालाई मनोरञ्जन र व्यायाम गर्न हुने गरी उद्यान ९पार्क० हरू निर्माण गरिनेछन् ।

पर्यटन र संस्कृति

१ पर्यटकीय गन्तव्य स्थलका रूपमा पहिचान भएका ठाउँहरूमा पूर्वाधारहरू तयार गर्ने र आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षित गर्न आवश्यक पूर्वाधारहरू खडा गरिनेछन् ।

२ धार्मिक तथा सांस्कृतिक रूपमा विशिष्ट महत्व बोकेको साल्पासिलिछोलाई विशेष धार्मिक तथा पर्यटकीय स्थल घोषणा गरेर देशकै पर्यटकीय स्थलका रूपमा सूचीकृत गरी यसको विकास गरिनेछ र यसको विशेष योजनासहित प्रचारप्रसार गरेर पर्यटक भित्र्याइनेछ ।

३ ट्याम्केस्थित निर्माणाधीन बहुउद्देश्यीय भ्युटावर निर्माण पूरा गरिनेछ ।

४ प्राकृतिक रूपमा सुन्दर मैयुम हाँसपोखरी, छाँगे झरना, सेल्मेलाई पर्यटकीय स्थल घोषणा गरेर पर्यटकहरूलाई आकर्षित गरिनेछ ।

५ ‘प्रत्येक वर्ष घुम्न जाऔं भोजपुर’ अभियान चलाइनेछ । यसका लागि पर्यटन मेला, सांस्कृतिक महोत्सव, खेलकुद महोत्सव, विज्ञान प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शनी, होमस्टे आदि कार्यक्रमहरू सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिनेछ ।

६ साहसिक पर्यटनका नयाँ क्षेत्र र नयाँ ट्रेकिङ रुटहरू खोलिनेछन् ।

७ भोजपुरमा रहेका सबै समुदायको संस्कृतिको संरक्षण र संवद्र्धन गरिनेछ ।

८ साकेला, लाखेनाच, देवाली, बालनलगायत सबै जातजातिका संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ । साथै, नगरमा आधुनिक सांस्कृतिक संग्रहालय निर्माण गरिनेछ ।

९ पर्यटकीय सम्भावना अध्ययन गरी अन्य विभिन्न स्थानमा होमस्टे विकास गरिनेछ ।

१० धार्मिक, सांस्कृतिक महत्व राख्ने मन्दिर, गुम्बा, चर्च, माङहिमहरू र प्रत्येक गाउँपालिकाको उपयुक्त स्थानमा पार्कहरू निर्माण तथा समाधिस्थल निर्धारण गरिनेछन् ।

११ ऐतिहासिक तथा पुरातात्विक महत्वका मठ, मन्दिर, गढी र गुम्बा आदिको अभिलेख तयार गरी संरक्षण एवं प्रवद्र्धन गर्न योजनाबद्ध कार्यक्रम सञ्चालन गरिनेछ ।

१२ जिल्लामा एउटा चिडियाखाना, एउटा संग्रहालय र प्रत्येक गाउँपालिकामा पुस्तकालय निर्माण गरिनेछन् ।

१३ पर्यटन व्यवसाय र वैदेशिक रोजगारलाई समेत टेवा पु¥याउन अंग्रेजी, कोरियन, जापानी, चिनियाँ, फ्रेन्च आदि विदेशी भाषा तथा होटल व्यवसायसम्बन्धी तालिम केन्द्रहरू स्थापना गरिनेछन् ।

१४ साल्पासिलिछोमा किरात कुलुङहरूको विशेष धार्मिक तथा सांस्कृतिक केन्द्र तथा विशेष संग्रहालयका निर्माण गरिनेछ ।

१५ किरात राईहरूको धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा रहेका सबै साकेन्वा थानहरूको संरक्षण गर्ने ।

१६ षडानन्द नगरपालिका दिङ्ला बजारमा रहेको बालगुरु षडानन्द मन्दिरलाई विशेष रूपले निर्माण गरी विशेष पर्यटकीय र ऐतिहासिक थलोका रूपमा स्थापित गरिनेछ ।

१७ नेपालेडाँडामा योगमाया स्मृति पार्क निर्माण गरेर पयर्टकीय थलोका रूपमा विकास गरिनेछ ।

१८ साल्पासिलिछोको लिमखिमस्थित कुलुङहरूको तोसस्थल निर्माण गरिनेछ ।

१९ साल्पासिलिछोको दोभानेमा विशेष देवालीथान निर्माण गरिनेछ ।

२० सुन्तले र धापखर्कका बीचमा जातीय संग्रहालय बनाइनेछ ।

२१ भोजपुर भैसीपंखाको जाल्पादेवी मन्दिरको जीर्णोद्वारा तथा संरक्षण गरिनेछ ।

२२ कुदाककाउलेमा जगत् जननी माताको मन्दिर÷भवन निर्माण गरिनेछ ।

२३ चम्पे–पात्ले गुफा तथा हरेलोडाँडा र कामधेनु दह परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गरिनेछ ।

२४ याँगुवा दोभानेदेखि अँधेरीसम्म ¥याफ्टिङ सञ्चालनका लागि विशेष कार्य थालिनेछ ।

कृषि

१ जिल्लामा खाद्य तथा नगदे बाली, फलपूmल तथा तरकारी खेतीलाई जोड दिँदै उत्पादनमा वृद्धि, भण्डारण ९कोल्ड स्टोर० र बजारीकरण गरिनेछ ।

२ जिल्लाको मुख्य नगदेबाली अलंैचीलाई प्रवद्र्धन गर्न अलैंची विकास बोर्ड तत्काल गठन गर्ने र जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रसमेत स्थापना गरिनेछ ।

३ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गर्दैै कृषि उत्पादनको पकेट क्षेत्र ९नाङ्लो, रुद्राक्ष, अलैंची, खुकुरी, सुन्तला, भेडा, करुवा० घोषणा गरी आम्दानी वृद्धि गर्न कृषकहरूलाई अनुदानसमेतको व्यवस्था गरिनेछ ।

४ दोभाने, खाटाम्मा, कुलुङ, बोया, मूलपानी, कुदाककाउले, तुंगेछा, चौकीडाँडा, खार्ताम्छा, किमालुङलगायतका क्षेत्रलाई अलंैची पकेट क्षेत्र घोषणा गरेर अलैंची कृषकका लागि विशेष अभियान सुरु गरिनेछ ।

५ अलैंची पकेट क्षेत्र घोषित खावा, अन्नपूर्ण, छिनामखुमा थप कार्यक्रम सञ्चालन र विस्तार गरिनेछ ।

६ नगदे बालीहरू अलैंची, चिया, अम्लिसो, चिराइतोलगायतका खेतीलाई विशेष प्रोत्साहन गरी विकास गरिनेछ ।

७ भोजपुरका रुद्राक्षका किसानहरूलाई व्यावसायिक बनाउने र सहयोगका लागि विशेष अभियान सञ्चालन गरिनेछ । साथै, भोजपुरमा उत्पादित रुद्राक्षको टे«डमार्क दर्ता गरी अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गरिनेछ ।

८ तरकारी खेती, पशुपालनलाई व्यावसायिक बनाउन प्रोत्साहन गरिनेछ ।

९ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

१० कृषि उत्पादकत्व बढाउन खेतीयोग्य भूमि निर्धारण, सिँचाइ प्रणाली विस्तार, वैज्ञानिक र व्यावसायिक कृषि प्रणाली, कृषि ऋण, मल तथा बीउको सुलभ प्रबन्ध आदि गरिनेछ ।

११ उन्नत जातका पशुपन्छी तथा माछापालनको व्यवसायीकरण गर्दै इन्स्योरेन्स ९बिमा० को व्यवस्था गरिनेछ ।

१२ दोभानेको चौबारी, किमालुङ, खाटम्माको डिलखर्क, चौकीडाँडाको ताल, तिम्माको खम्बुखा, भैंसीपंखा र धापखर्कमा जुडीबुटी तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

सहरीकरण

१ प्रत्येक वडामा एक सुविधा सम्पन्न बजार बनाइनेछ ।

२ दिङ्ला बजारलाई आधुनिक सहरका रूपमा विकास गर्न विशेष गुरुयोजना तयार गरी काम सुरु गरिनेछ ।
३  देउराली भ्mयाउँपोखरी बजार, दोभानेको सालेवा, साल्पाफेदी, कुलुङको बजार, अन्नपूर्णको नागी चखेवा बजार, प्याउलीबजार, दावाबजार, चौकीडाँडा, तिवारीभन्जाङ, सुनतले, तीनतलेको फालीदोबाटो, जरायोटारलगायतमा विशेष सहर निर्माण गरिनेछ ।

४ सबै गाउँपालिकाका केन्द्रलाई योजनाबद्ध रूपमा व्यवस्थित सहरका रूपमा विकास गरिनेछ ।

५ छरपस्ट रहेका बस्तीहरूलाई क्रमशः व्यवस्थित बनाउँदै ग्रामीण सहरहरूको विकासको कार्य थालनी गरिनेछ ।

६ प्रत्येक वडामा जग्गाको उपलब्धता हेरी सार्वजनिक स्थल तथा सामुदायिक भवन, तालिम केन्द्र, बालगृह, ज्येष्ठ नागरिक आश्रम तथा पुस्तकालय निर्माण गरिनेछन् ।

शिक्षा

१ महत्वपूर्ण स्थानहरू ९दिङ्ला, प्याउली, अन्नपूर्ण० मा स्नातक तहसम्मको कक्षा सञ्चालन हुने गरी उच्च शिक्षा लिन पाउने व्यवस्था गरिनेछ ।

२ जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विशेष योजना बनाई कार्यान्वयन गरिनेछ ।

३ सबै मावि र क्याम्पसमा इन्टरनेटको पहुँच पु¥याई डिजिटल पुस्तकालयहरू सञ्चालन गरिनेछन् ।

४ युवा उद्यमशील शिक्षाको व्यवस्था गरी युवा स्वरोजगार सिर्जना गरिनेछ ।

५ अनिवार्य रूपमा अंग्रेजी विषय र कक्षा ३ सम्म मातृभाषामा पठनपाठनको व्यवस्था गरिनेछ ।

६ अपांगता भएका व्यक्तिहरूलाई विशेष शिक्षाको व्यवस्था गरिनेछ । दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरूका निम्ति आवासीय विद्यालयको व्यवस्था गरिनेछ ।

७ प्रत्येक वडामा मावि तथा नगरमा प्राविधिक शिक्षालय सञ्चालन गरिनेछ ।

८ नगरभित्रका सम्पूर्ण नागरिकहरूलाई साक्षर बनाउने अभियान सञ्चालन गरिनेछ ।

९ सामुदायिक विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुदको व्यवस्था, सरसफाइ आदिको उचित प्रबन्ध गरिनेछ ।

सूचना तथा सञ्चार

१ किमालुङ, दोभाने, खाटाम्मा, चौकीडाँडामा टेलिफोन टावर स्थापना गरिनेछ ।

२ झ्याउँपोखरी, प्याउली र अन्नपूर्णमा ल्यान्डलाइन टेलिफोन सेवा सञ्चालन गरिनेछ ।

३ सबै स्वास्थ्य केन्द्र र कृषि केन्द्रमा इन्टरनेटको पहुँच पु¥याइनेछ ।

४ सबै विद्यायलमा इन्टरनेटसहितको कम्युटरको व्यवस्था गरिनेछ ।

५ सबै गाउँपालिका र नगरपालिका केन्द्रमा एकीकृत सूचना केन्द्र स्थापना गरिनेछ ।

६ सबै गाउँपालिका केन्द्रमा हटस्पट वाइफाई जोनहरू स्थापना गरी सेवा सञ्चालन गरिनेछ ।

७ सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइनेछ ।

स्वास्थ्य

१ प्रत्येक गाउँपालिका केन्द्रमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरिनेछ ।

२ दिङ्लाको अस्पताललाई स्तरवृद्धि गरी ५० शैयाको बनाइनेछ ।

३ गाउँपालिकाका प्रत्येक वडा केन्द्रमा स्वास्थ्य चौकीहरू स्थापना गरिनेछ ।

४ प्रत्येक वडा र टोलमा गाउँघर स्वास्थ्य क्लिनिकहरू स्थापना गरिनेछन् ।

५ ‘घरघरमै स्वास्थ्य उपचार’ अभियानअन्तर्गत बर्सेनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ र थप उपचारको निःशुल्क व्यवस्था गरिनेछ ।

६ महिला तथा वालबालिकामा हुने कुपोषणको समस्यालाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

७ गरिबीको रेखामुनि रहेका जनताका लागि बिमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिनेछ । १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

८ हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैयाका सुविधासम्पन्न अस्पताल सञ्चालन गरिनेछ । प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरण, प्रविधि र स्वास्थ्यकर्मीसहितका स्वास्थ्य चौकी र घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।

९ खोप, स्वास्थ्य सेवा र पोषणयुक्त खानाको पर्याप्त उपलब्धता तथा स्याहारसुसारबाट बाल मृत्युदर शून्यमा पु¥याइनेछ ।

१० उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मिर्गौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराइनेछ । मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गरिनेछ । मानसिक रोग, डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तीपाइले, टिबी, निमोनिया, टाइफाइड, झाडापखाला तथा सिक्कल सेल एनिमियाजस्ता रोगको प्रभावकारी रोकथाम र नियन्त्रण गरिनेछ ।

११ प्रत्येक घरमा अनिवार्य शौचालय र धुवाँरहित चुलोको व्यवस्था गरिनेछ । धुवाँ, धुलो र रसायनको उचित व्यवस्थापनका लागि मापदण्ड निर्धारण गरिनेछ ।

१२ किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । व्यायाम, योग र मनोरञ्जनलाई जीवनशैलीको अंग बनाइनेछ । अपांगता भएका व्यक्तिहरूलाई स्थानीय अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गर्ने व्ययवस्था मिलाइनेछ ।

१३ विकट गाउँहरूका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिनेछ । आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद्बाट हुने घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गरिनेछ ।

आर्थिक विकास

१ पारिवारिक, निजी तथा सामुदायिक वन विकासलाई प्राथमिकता दिइनेछ । काष्ठजन्य सामग्रीको उत्पादन, प्रयोग र बजारीकरणमा जिल्लालाई आत्मनिर्भर बनाइनेछ ।

२ प्रत्येक स्थानीय तह ९गाउँपालिका तथा नगरपालिका० मा एउटा बैंक तथा वित्तीय संस्था र स्वरोजगार कोष स्थापना गरी उद्यमीहरूलाई सुलभ ऋण उपलब्ध गराई ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गरिनेछ ।

३ स्थानीय स्तरमा व्यापक रोजगारको अवसर सिर्जना गरी युवा जनशक्तिलाई स्थानीय रोजगारमा आकर्षित गरिनेछ ।

सेवा, सुरक्षा तथा सुशासन

– पाँच वर्षभित्र भोजपुर जिल्लामा ८ हजार व्यक्तिलाई सीपमूलक तालिम दिई ५ हजारलाई स्वरोजगार बनाई रोजगारीको ग्यारेन्टी गरिनेछ ।

– पाँच वर्षभित्र प्रत्येक वडामा प्रहरी चौकीको स्थापना गरी नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिइनेछ ।

– प्राथमिकताका आधारमा विकासका कामलाई दिगो, प्रभावकारी, जनमुखी र सहभागितामूलक बनाउन समय–समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिनेछ ।

– जनतालाई आवश्यक पर्ने सेवाहरू, जस्तै ः खानेपानी, टेलिफोन, विद्युत् महसुल, स्थानीय कर एवं मालपोतजस्ता शुल्क बुझाउने कार्यलाई आधुनिक प्रविधि प्रयोग गरी एकीकृत काउन्टरमार्फत बुझाउने व्यवस्था गरिनेछ ।

– प्रत्येक स्थानीय तहका कार्यालयहरूमा नागरिक बडापत्र राखी सुशासनको प्रत्याभूति दिइनेछ ।

– भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन जनसचेतना अभिवृद्धि गर्न सामाजिक अभियान सञ्चालन गरिनेछ ।

सामाजिक सुरक्षा तथा न्याय

१ श्रम गर्न नसक्ने र पालनपोषण गर्ने नभएका ज्येष्ठ नागरिक र पूर्ण ंता भएका व्यक्तिहरूलाई खान पुग्ने गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिनेछ र फरक क्षमता भएका व्यक्ति र विधवा तथा विधुरहरूलाई समेत भत्ताको व्यवस्था गरिनेछ ।

२ जिल्लामा एउटा सुविधासम्पन्न वृद्धाश्रम, असहाय तथा पीडितमैत्री आवास गृह, सुधार तथा पुनर्जीवन केन्द्र स्थापना गरिनेछ ।

३ असमर्थ पक्षको न्यायमा पहुँचका लागि निःशुल्क कानुनी सेवा उपलब्ध गराउन, बालअधिकार, महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता, सीप विकासलगायतका विषयहरूमा जनचेतना अभिवृद्धि गर्न प्रत्येक नगरपालिका र गाउँपालिकामा कानुनी सहायता तथा जनचेतना केन्द्रहरू स्थापना गरिनेछन् ।

४ सुरक्षित आवासको अधिकारलाई ग्यारेन्टी गर्न खरको छाना भएका घरहरूलाई व्यवस्थित आवासका लागि अनुदान दिइनेछ । गरिब परिचयपत्र, रासन कार्डको व्यवस्था आदि लागू गरेर पाँच वर्षभित्र अति गरिबीको स्थितिलाई उन्मूलन गरिनेछ ।

५ राज्यबाट प्रदान गरिने विविध प्रकृतिका सेवाहरू ९नागरिकता, धनीपुर्जा, परिचयपत्र आदि० निरन्तर घुम्ती शिविरहरूमार्पmत उपलब्ध गराइनेछ ।

६ प्राकृतिक प्रकोप पीडितहरूका लागि पुनर्वासको व्यवस्था गरिनेछ ।

मानव संसाधन विकास

१ प्रत्येक गाउँपालिका र नगरपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद्बाट मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।

२ उमेर पुगेका सबै व्यक्तिलाई रुचिअनुसारको निःशुल्क प्राविधिक तालिम दिइनेछ ।

३ प्राविधिक शिक्षालयहरूमा माध्यमिक शिक्षा प्राप्त व्यक्तिहरूलाई राष्ट्रिय आवश्यकताअनुरूपका दक्षता प्रदान गर्न प्रयोग गरिनेछ । यी शिक्षालयहरूबाट दक्षता प्राप्त व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ ।

अध्ययन–अनुसन्धान र अभिलेखीकरण

१ कुलुङ, साङपाङ, तामाङ, शेर्पा भाषाको समाज–भाषावैज्ञानिक अध्ययन गरी अभिलेखीकरण गरिनेछ ।

२ सबै जातजातिका लोकगीत, लोककथा र मिथकहरूको संकलन गरी अभिलेखीकरण गरिनेछ ।

३ किरात स्थान नामहरूको अध्ययन–अनुसन्धान गरी स्थान नामकोश बनाइनेछ ।

४ सबै जातजातिको परम्परामा रहेको मौखिक इतिहासको अन्वेषण गरी लिपिबद्ध गर्दै लगिनेछ ।

विशेष प्रतिबद्धता

१ संखुवासभा र भोजपुरका बीचमा पर्ने अरुण नदीको बहुचर्चित अरुण तेस्रो आयोजनामा भोजपुरवासीहरूको पनि सेयरका लागि केन्द्रसँग पहल गरेर ग्यारेन्टी गराइनेछ ।

२ तुम्लिङटार र दिङ्ला जोड्ने लम्सुवाघाट पुल तत्काल निर्माण गर्न ठोस कामका लागि अगुवाइ गरिनेछ ।

३ संखुवासभा र भोजपुरको कुलुङ जोड्ने बुङलिङटारस्थित अरुण नदीमा पक्की पुल निर्माणका लागि ठोस पहल र नेतृत्व लिइनेछ ।

४ क्षेत्रका सबै खोला र नदीमा एक वर्षभित्र झोलुंगे पुल निर्माण गराइनेछ ।

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्