एमाले नेतामाथि आक्रमण हुन थाले पछि अध्यक्ष ओलीद्धारा बिज्ञप्ती जारी, दोषीमाथि कारवाही गर्न आग्रह


 


काठमाण्डौ,कात्तिक २८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाएका छन् ।
उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताएका छन ।


मंगलबार भोजपुरमा बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै उनले ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको बिज्ञप्तीमा लेखिएको छ ।


साथै सो घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न समेत एमालेले आग्रह गरेको छ ।


आज बिहान प्रदेश सभा भोजपुर २ का एमाले उमेद्वार शेरधन राई सहितको चुनावी प्रचारमा निस्केको बा १५ च ५६०८ नम्बरको गाडी माथि बम प्रहार भएको थियो । सो आक्रमणमा अंगरक्षक नेपाल प्रहरीका असई डिल्ली देबकोटा घाईते भएका थिए ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्