निर्बाचन आचारसंहिता बिपरीत प्रधानमन्त्रीको दबाबमा रातारात ४ एआईजी बढुवा


 


काठमाडौं, कात्तिक २८
सरकारले रातारात दरबन्दी थपेर चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सचिव, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।


निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले यही कार्तिक २० गते निर्वाचन आयोगसँग दुईजना एआजी बढुवाका लागि अनुमति लिएको थियो भने दुई एआजी बढुवाका लागि सोमबार राति नै निर्वाचन आयोगबाट जर्बजस्ती सहमति लिएको हो ।

एआजीमा बढुवा कालागि सिफरिसमा गरिएकमा डिआजी हेमन्तबहादुर पाल, डिआजी मधु प्रसाद पुडासैनी, डिआजी माधब प्रसाद नेपाल र डिआजी पंकज श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्