वामपन्थि सरकार बनेपछि देश विकास हुन्छ : राई


 


भोजपुर, कात्तिक २७
माओवादी नेतामाथिको आक्रमण रोक्न कांग्रेसलाई चेतावनी
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका समानुपतिक उमेद्वार दुर्गा राईले स्थायी सरकार र देश विकासमा तिब्रता आउने बताएका छन् ।

मिडिया सेन्टर भोजपुरले आज आयोजना गरेको अन्तरक्र्रिया कार्याक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन घोषित संविधानको कार्यान्वयन, दीर्घकालीन वामपन्थी सरकारको साथै देश विकासको लागि हुने राईले बताइन।

उमेद्वार राईले आफूले जितेमा निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषिलाई आधुनिकिकरण तथा जलविद्युत र पर्यटन विकासको लागि नेपालको नीति निर्माणमा जोड दिने बताए ।

भोजपुर जिल्लामा रहेको सडकहरु कालोपत्रे गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरे । भोजपुर जिल्लामा यस अघि वामपन्थिले जित्दै आएपनि स्थायी सरकार बनाउन नसकेको कारण जनताले चाहे अनुसारको विकास हुन नसकेको राईको भनाइ थियो ।

निर्वाचनमा जिते पनि नजितेपनि भोजपुरलाई संवृद्ध बनाउन लागिरहेने बताए । पार्टीको पोलिटब्युरो सदस्य दुर्गा राईले माओवादी केन्द्रका नेता तथा उमेद्वारहरु बर्षमान पुन र जनार्दन शर्मालाई भएको आक्रमणप्रति भ्रत्सना गर्दै सरकार तथा सम्बन्धित पक्षलाई दुस्साहन नगर्न चेतावनी दिए ।

आक्रमणको शृखला हेर्दा कांग्रेस सरकारले अपराधिक मानसिकताका व्यक्ति वा संगठनलाई प्रयोग गरेको हुनसक्ने आरोप लगाउदै कुनै हालतमा निर्वाचन नरोकिने उनले बताए ।

निर्वाचन सरेको खण्डमा कांग्रेस सधैको लागि पत्तासाफहुने आन्दोलनहुने भएकोले दुस्साहस नगर्न राईको भनाइ थियो ।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्