समानुपातिक उम्मेदवार सिर्जना राई भन्छिन्– ‘महिलाको अधिकार सँस्थागत गर्न मेरो उम्मेदवारी’


 


भोजपुर, कात्तिक २७
महिलाहरुको हालसम्मका आन्दोलनबाट प्राप्त अधिकार सँस्थागत र बाँकी अधिकार प्राप्तिका लागि आफ्नो उमेदवारी रहेको नेकपा एमालेका समानुपातिक उम्मेदवार सिर्जना राईले दावी गरेकी छिन् ।

आइतावार मिडिया सेन्टर भोजपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राईले यस्तो बताएकी हुन् ।

नेकपा एमालेबाट प्रदेश तर्फका समानुपातिक उमेदवार राईले पत्रकारह?संगको साक्षत्कारमा बोल्दै महिलाहरु पुर्णरुपमा अधिकार सम्पन्न भई नसकेको धारणा राखेकी हुन् ।

आफु समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएमा महिलाको मुद्धा उठाएर कार्यन्वयनमा लाग्ने बताएकी हुन् ।

भोजपुर जिल्ला कम्युनिष्टहरुको लाल किल्ला रहेकाले अरुले निर्वाचन जित्ने तर्फ कुनै अपेक्षा नराख्दा हुने समेत राईको दावी छ ।

भोजपुर जिल्लाको विकासमा कम्युनिष्टहरुले गरेको पहल बाहेक अरु कसैको देन नरहेको समेत राईको भनाइ थियो ।

विगत लामो समय व्यवस्था परिवर्तनका लागि कम्युनिष्टहरुको योगदान रहेकाले आगामी दिन पुर्वाधार विकासमा लाग्ने उनको धारणा छ ।

किरात राई यायोखा भोजपुरका कार्यवहाक अध्यक्ष समेत रहेकी राईले आदिवासी जनजातिह?को अधिकार सँस्थागतमा समेत आफ्नो पहल रहने धारणा राखेकी छिन् ।

लामो समय जिल्लामा रहेर सामाजिक क्षेत्रमा आफ्नो लगानी रहेकाले आफ्नो दक्षता र शिपको प्रयोग गरी निरन्तर भोजपुरे जनताको सेवामा समर्पित हुने प्रतिवद्धता समेत राईले गरेकी हुन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्