बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज


 


काठमाण्डौ,कात्तिक २७

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिने निर्णय सरकारले खारेज गरेको छ ।

 आज बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको हो ।

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने यो निर्णयको नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गरिरहेका थिए ।

नेपाली कांग्रेसको संलग्नतामा बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको थियो ।

अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै उर्जामन्त्री कमल थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्