रोनाल्डोकी जन्मिइन् छोरी, यसरी व्यक्त गरे खुसीयाली


 


काठमाडौं, कार्तिक २७

रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको छोरी जन्मिएकी छन्। उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले आइतबार राति छोरीलाई जन्म दिएको रोनाल्डो आफैँले ट्वीट गरेर जानकारी दिएका छन्।

उनले आफ्नी छोरीको नाम एलना मार्टिना राखेका छन्। ‘एलना मार्टिना भर्खरै जन्मिइन्। जियो (प्रेमिका) र एलना दुवै ठीक छन्। हामी एकदमै खुसी छौँ,’ रोनाल्डोले ट्वीट गरेका छन्। ट्वीटमा उनले आफ्नी प्रेमिका, छोरो र छोरीसहितको तस्बिरसमेत राखेका छन्।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्