बर्षमान पुन लाई लक्षित गरी फेरी गोली प्रहार


 


रोल्पा, कात्तिक २६
माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ । दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।

पुनलाई लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बाघमारातर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । ढुंगामुढापछि सुरक्षाकर्मीले १० राउण्ड फायरिङ गरेका थिए । पुन चढेको गाडीलाई लक्षित गरेर शनिबार पनि माडी गाउँपालिकामा एम्बुस अर्थात विद्युतीय धराप विष्फोट गराइएको थियो । एम्बुुसमा परेर पुन चढेको गाडीमा क्षति पुगेको थियो ।

शनिबार एम्बुस थाप्ने तथा आइतबार गोली हान्ने समूह पत्ता लाग्न नसकेको भए पनि प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्