बिप्लवको निशानामा किन पर्दैछन माओबादी नेताहरु ? हेर्नुस कारण


 


काठमाण्डौ, कात्तिक २६
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाउन थालेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ ।


हिजो शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेता बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो । त्यस्तै शुक्रबार रुकुममा जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो ।

पार्टीले रुकुममा शर्मा र रोल्पामा पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीको नीति चुनाव खारेज भएको र त्यसका लागी जनप्रतिरोध अभियान चलाएको बताएका थिए । नेपाल समाचारपत्र

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्