ठुलो मात्रामा बिस्फोटक पदार्थ बरामद


 


सुर्खेत,  कात्तिक २५

प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । निर्वाचनमा प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ ।


“विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्बरको जीप जाँच गर्दा ६० थान डेटोनेटर, ५५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भयौँ” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भन्नुभयो, “विष्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौंँ ।”

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्