वर्षमान पुनको गाडीमा बम विस्फोट गराउने को हुन् ?


 


रोल्पा, कात्तिक २५
रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी आज मध्यान्ह माइन बम विस्फोट गराइएको छ ।

जिल्लाको सुकिदह गाउँपालिकामा चुनाबी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा पुन चढेको गाडी माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

भौतिक र मानवीय क्षति भने नभएको बताइएको छ । बम कस्ले राखेको हो भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । रोल्पाको जिनावाडबाट घर्तीगाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुन माथि लक्षित गरी बम विस्फोट भएको हो ।

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्