एमालेका सबैभन्दा कान्छा जिल्ला अध्यक्ष पदम गिरी को हुन् ?


 


काठमाडौं, कार्तिक २५
नेकपा एमालेका जिल्ला अध्यक्षहरूमा सबैभन्दा कान्छा र युवा नेता हुन् पदम गिरी । जिल्लाको राजनीतिमा सक्रिय भएपछि छोटो समयमा युवामाझ निकै चर्चित अनुहार हुन् उनी ।

उनको कुशल नेतृत्वमा स्थानीय तहको निर्वाचनमा पर्वतमा एमालेको सानदार विजयी हुन सक्यो । उनको त्यही कुशल नेतृत्वका कारण मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी पर्वत जिल्लाबाट प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट चुनावी मैदानमा होमिएका छन् ।

स्थानीय तहमा करिब ९ हजार मतले अगाडि देखिएको बाम गठबन्धनले यो चुनाव कम्तिमा १० हजार मत अन्तरले शानदार विजयी हुने उमेदवार गिरीले दाबी गर्दै आएका छन् । पर्वतमा कांग्रेसबाट तीन पटकसम्म सांसद बनेका तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई अघि सारेको छ ।

अहिले पर्वतमा कुशल नेतृत्वकर्ताका रुपमा उदायका पदम गिरीलाई भोट गर्न जिल्लाबासी उत्साही देखिन्छन् । विद्यार्थी राजनीतिबाट जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा पनि चर्चामा आएका गिरी को हुन् त ?

को हुन् पदम गिरी ?

सरल, नरम र मृदुभासी स्वभावका पदम गिरी आमा सिता गिरी र बुबा बेल गिरीको कोखबाट पर्वतको दुर्लुङमा जन्मिएका हुन् । उनको बाल्यकाल पर्वतकै दुर्लुङमा वित्छ ।

माध्यमिक तहको पढाइ गाउँकै श्री काफलचौर माध्यमिक विद्यालयबाट पुरा भएको हो । उनी सानै उमेरदेखि तिक्ष्ण गिरी अन्याय र अत्याचारविरुद्ध खुलेर प्रतिवाद गर्थे ।

उनको त्यो स्वभावले अहिले परिपक्कता पाएको छ । पञ्चायतविरुद्ध २०४६ को आन्दोलनको राप र तापले १४ वर्ष गिरीलाई पनि छुन्छ । प्रगतिशिल चिन्तन बोकेका गिरी तत्कालिन अखिल पाँचौमा आवद्ध हुन पुग्छन् र विद्यालय कमिटिको सचिव हुँदै अध्यक्ष भएर नेतृत्व गर्छन् ।

सरल र हस्मुख स्वभावका गिरी विसं २०५० मा पोखरास्थित मुलुककै ठूलो र राजनीतिक महत्व बोकेको पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न आइपुग्छन् ।

राजनीतिक चेनता भरिएर आएका उनी कलेजमा पनि राजनीतिबाट अछुतो रहन सकेन । सुरुवाती दिनमै अखिलको पर्वत–पोखरा विद्यार्थी संगठनको नेतृत्व सम्हाल्न पुग्छन् ।

उता गाउँमा २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पार्टीको नेतृत्व गर्दै स्थानीय चुनावमा पार्टीलाई सहभागी गराएका थिए । २०५७ सालमा अखिलको क्याम्पस प्रारम्भीक कमिटीको अध्यक्ष बनेका गिरी स्वतन्त्र विद्यार्थी युनियनको उपाध्यक्ष, अनेरास्ववियू केन्द्रीय परिषद् सदस्य हुँदै केन्द्रीय सदस्य हुन्छन् ।

२०५९ को स्ववियू निर्वाचनमा पनि पुनः उपसभापतिमा निर्वाचित हुन्छन् । २०५९ को राजा ज्ञानेन्द्रको शाही ‘कू’ विरुद्ध यिनकै नेतृत्वमा मुलुकमा सबैभन्दा पहिलो गणतन्त्रको माग गर्दै पृथ्वीनारायण क्याम्पसमा आन्दोलन भएको थियो ।

तत्कालिन शाही सेनाले नियन्त्रणमा लिएर बंकरमा राखेर मरसन्न हुने गरी कुट्दा पनि उनले आत्मसमर्पण गरेनन् । गणतन्त्रका लागि निरन्तर आन्दोलन गरिरहे ।

२०६२ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा निर्वाचन भएका गिरी अनेरास्ववियूको १९ औं महाधिवेशनबाट केन्द्रीय सचिवालय सदस्य भई स्ववियू परिचालन विभागको प्रमुख बनी काम गरे । काठमाडौं जिल्ला विशेष विद्यार्थी संगठनको अध्यक्ष हुँदै आफ्नो गृह जिल्ला पर्वतको पार्टी काममा फर्किएका हुन् ।

जिल्ला फर्किएपछि सातौं जिल्ला अधिवेशबाट सचिवालय सदस्यमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्बेवारी सम्हाले । जिल्लाभर युवाहरूलाई जुझारु र राजनीतिक रुपमा सचेत बनाइ सम्पूर्ण युवालाई युवा संघमा आबद्ध बनाउँदै आफ्नो राजनीतिक कुशलता देखाउँछन् ।

नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टीलाई कुशल नेतृत्व दिन गिरी सफल भएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनकै नेतृत्वमा जिल्लामा एमाले आफूलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न सफल भएको छ ।

जिल्लाको अध्यक्ष हुँदै गर्दा उनले जिल्लामा पार्टीलाई पहिलो बनाउने उद्घोष र आफ्नो पहिलो लक्ष्य भएको बताएका थिए ।

स्ववियू निर्वाचन होस् या संगठन भित्रका आन्तरिक निर्वाचन सधै भरी नै ‘म्यान अफ दी इलेक्सन’ भएर निर्वाचित हुने पदम गिरी यतिबेला आगामी मंसिरमा हुने आम निर्वाचना पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट उमेदवार बनेका छन् ।

आफ्नो प्रतिस्पर्धीलाई सधै फराकिलो मतान्तरले जित्ने इतिहास बोकेका पदम गिरीले यतिबेला सामाजिक विभेदहरूको अत्त्य गर्दै कृषि, जलश्रोत र पर्यटनको विकासको माध्यमबाट पर्वत जिल्लालाई आर्थिक समृद्धिको जिल्ला बनाउने उद्घोष उनले गरेका छन् ।

आखिर पदम गिरी को हुन् ? हेर्नुहोस् भिडियो

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्