पूर्वप्रधानमन्त्री विष्टको निधन


 


काठमाडौँ,  कात्तिक २५

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्ष अघि उहाँको श्रीमती र एक छोराको निधन भएको थियो ।

काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष हुनुन्थ्यो ।

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्