तपाईको आजको राशिफल हेर्नुहोस


 


आज मिति २०७४ साल कात्तिक २५ गते शनिबार । तदअनुसार २०१७ नोभेम्बर ११ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष , अष्टमी तिथि
तपाईको आजको दिन कस्तो रहन्छ त हेर्नुहोस राशिफल
मेष
महत्वपुर्ण काममा आफन्तको सहयोग प्राप्त हुनेछ । यात्रामा केहि बस्तु गुम्ने देखिएको छ । स्वास्थ्यमा केहि गडबडी आउने छ ।

बृष
खर्च अलि बढि हुन सक्छ । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । स्वास्थयमा ध्यान दिनुहोला ।

मिथुन
केहि कामको सुरुवात गर्दा अलि सोचेर गर्नुपर्नेछ । आस मारेको कामको प्रतिफल राम्रो नै हुनेछ । साथिहरुको सहयोग मिल्नेछ ।

कर्कट
मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । रमाईलो जमघटमा सहभागी हुन पाईनेछ । कामको लागत बढ्न सक्नेछ ।

सिंह
अरुको बारेमा चासो राख्दा ब्यर्थ झगडा हुनेछ । सामान्य काममा पनि बढि दौडधुप हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या
मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । बिगतका कर्मको फल आज मिल्नेछ ।

 

तुला
धन आर्जन हुने योग छ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला ।

वृश्चिक
आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् । बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ ।

धनु
मान्यजनको साथ मिल्नेछ । आश मारेको नतिजा राम्रो प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला ।

मकर
आमाको सहयोगले केहि नयाँ काम बन्नेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगिनेछ । रचनात्मक कार्यको थालनी हुनेछ ।

कुम्भ
सञ्चित धन उपयोग गर्दा राम्रो हुनेछ । लामो दुरीको यात्रा नगर्दा राम्रो हुनेछ । आफन्त र शुभचिन्तकको साथ सहयोग भने मिल्नेछ ।

मिन
नयाँ काम गर्ने अवसर मिल्नेछ । गरेका कामले धेरैलाई फाईदा पुग्नेछ । ब्यबसायमा मनग्य आम्दानी हुनेछ ।

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्