बिप्लव समुहका ३ जना धादिङबाट पक्राउ


 


धादिङ,  कात्तिक २४

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपाका तीन जनालाई आज पक्राउ गरिएको छ ।

नेकपाका रसुवा जिल्ला सेक्रेटरीका रुपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घलेलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्