६ लाख घुससहित कार्यालय प्रमुख पक्राउ


 


भीमदत्तनगर,  कात्तिक २४

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।

प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु छ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।

उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले भन्नुभयो — “अहिले घटनास्थलमा मुचुल्का हुँदैछ ।”

“घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,” उहाँले भन्नुभयो — शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घुस लिइएको प्रारम्भिक जानकारी आएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्