जर्नादन शर्मा माथि सुतली बम प्रहार


 


रुकुम, कात्तिक २४
रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी २ वटा बम प्रहार गरिएको हो । बम प्रहार भएपनि कुनै घटना भने भएको छैन ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएको उम्मेदवार शर्माका सहयोगी बसन्त शर्माले जानकारी दिए ।

बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताएको छ ।
यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ ।
एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्