लुम्बिनी भ्रमणमा बिद्यार्थी बोकेको बस दुर्घटना, ४७ जना घाईते


 


नवलपरासी, कात्तिक २४
चितवनबाट लुम्बिनी भ्रमणका लागि विद्यार्थी लिएर गएको स्कूल बस नवलपरासीको रामग्राम नगरपालिका १५ स्थित सुक्रौलीमा दुर्घटनामा परेको छ । ४७ जना घाइते भएका छन् ।


चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार ग १ ख ३१८९ नं को बस अनियन्त्रित भई सडक छेउ खाल्डोको पानीमा पल्टिन पुगेको हो । स्थानीय बासिन्दाले उद्धार गरेको खबर प्राप्त भएको छ । दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्