भोजपुरमा क-कसले छात्रवृत्ति पाए ?
भोजपुर, साउन २३
किरात राई यायाेक्खाको २८ अाैं स्थापना दिवसकाे अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ । नरहरि राई, टिकालक्ष्मी राई र जमुना अक्षयकोषबाट अनिता राई, चन्द्रमा राई र जुनित राईलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
उनिहरुलाई जनही छ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो । प्रत्येक बर्ष प्रदान गरिने यो छात्रवृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिदै आएको छ ।
यो अक्षयकोषको रकम एक लाख ५५ हजार रुपैयाँ रहेको छ । त्यस्तै स्वर्गिय नारायण प्रसाद राई, देवीरत्न राई र अमृता राई अक्षयकोषबाट चित्ताहाङ्ग राई र अनिसा राईलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
५२ हजार कोषको रकमबाट उनिहरुलाई जनही एक हजार छ सय रुपैयाँ प्रदान गरिएको थियो । स्वर्गिय रविन राईको स्मृतिमा स्थापना भएको अक्षयकोषबाट जिवसन राईलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
यो छात्रवृत्ति जिल्लाको किरात राई विद्यार्थीहरुबाट एसएलसीमा सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिदै आएको छ । ५० हजार को यो अक्षयकोषबाट तीन हजार राईलाई प्रदान गरिएको थियो ।
प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार