यस्तो छ भोजपुरको नमुना मत्रपत्र


 


भोजपुर, कात्तिक २३
पहिलो चरण अन्र्तगत मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ ।

मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । आयोगले यी ३२ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि नमुना मतपत्र वेवसाइट मार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको मतपत्र छोटो र छरितो रहेको छ । यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह मतपत्रमा समावेश गरेको छ । दलहरुको तालमेलले गर्दा मतपत्र अझ छरितोब बनेको हो ।

प्रतिनिधि सभाको नमुना मतपत्र

सार्वजनिक भएको मतपत्र अनुसार भोजपुरको प्रतिनिधि सभामा आठ वटा दलले चुनावी प्रतिस्पर्धा गर्देछन् । यहाँ कांग्रेस, माओवादी केन्द्र, नयाँ शक्ति लगायतका आठ वटा दलको मात्र चुनाव चिन्ह भएको मतपत्र आउँदैछ ।

प्रतिनिधि सभामा एमालेको चुनाव चिन्ह छैन् । यहाँ एमाले र माओवादीको गठबन्धनपछि माओवादीको चुनाव चिन्ह दुई पार्टीको साझा चुनाव चिन्ह बनेको छ ।

त्यस्तै प्रदेश सभा भोजपुर क्षेत्र नं १ मा सातवटा दलले प्रतिस्पर्धा गर्देछन् । यहाँ माओवादीको चुनाव चिन्ह छैन् । दुई दलको वाम गठबन्धनबाट एमालेको चुनाव चिन्ह सूर्य साझा चुनाव चिन्ह बनेको छ ।

त्यस्तै यहाँ कांग्रेसको चुनाव चिन्ह पनि छैन् । यहाँ कांग्रेस र संघीय समाजवादी फोरमको गठबन्धन भएपछि फोरमको चुनाव चिन्ह दुई पार्टीको चुनाव चिन्ह बनेको छ ।

प्रदेश सभा भोजपुर क्षेत्र नं १ को नमुना मतपत्र

प्रदेश सभा भोजपुर क्षेत्र नं २ मा ६ वटा दलले चुनावी प्रतिस्पर्धा गर्दैछन् । यहाँ पनि छ वटा दलको चुनाव चिन्ह भएको मतपत्र सार्वजनिक भएको छ ।

यहाँ पनि एमाले र माओवादीको गठबन्धन छ भने साझा चुनाव चिन्ह एमालेको सूर्य छ । यहाँ कांग्रेस र फोरमको गठबन्धन छ भने कांग्रेसको चुनाव चिन्हमा फोरमले सघाउनेछ ।

प्रदेश सभा भोजपुर क्षेत्र नं २ को नमुना मतपत्र

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्