चीन भ्रमणमा रहेका ट्रम्प के गर्दैछन्, ट्रम्प कि सी शक्तिशाली?


 


काठमाडौं, कार्तिक २३

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा यतिबेला चीनमा छन्। यो भ्रमणको मुख्य उद्देश्य उत्तर कोरियालाई आणविक हतियार त्याग्न लगाउन दबाब बढाउनु ठानिएको छ।

तर भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धमा पनि नयाँ आयाम थप्न सक्ने टिप्पणी भइरहेका छन्। हालै पार्टीको महाधिवेशनपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले थप शक्ति आर्जन गरेका थिए।

को शक्तिशाली?

विश्वका पहिलो शक्तिशाली र दोश्रो शक्तिशाली नेताहरुले बेइजिङमा भेटेका छन्। तर कुन पहिलो र कुन दोश्रो शक्तिशाली हुन् त?
ट्रम्प, उनकै घरमा, अनेक काण्ड, लरखराएको एजेण्डा र विदेशसँग कम संवादका कारण कमजोर देखिएका छन्।

तर सि विश्वमञ्चमा चिनियाँ दृष्टिकोण सहित अगाडि बढिरहेका छन्। उनी उनको देशमा अध्यक्ष माओपछिकै शक्तिशाली नेताका रुपमा हेरिन्छन्।

अमेरिकी राष्ट्रपति यहाँ केही खोज्न आएका छन् तर चीनले ट्रम्पबाट थोरै मात्र चाहना राखेको जस्तो देखिन्छ। राज्य सञ्चालित सञ्चार माध्यमले भेटवार्तालाई “शक्ति सम्बन्धका आधारमा इतिहासको नयाँ अंश लेखिन लागेको” भनिरहेका छन्।

पहिलो को? र दोश्रो स्थानमा को हुन् भन्ने अब बाँकी रहेन। यहाँ समान मान्यताको खोजी भइरहेको छ। अमेरिकी मूल्य मान्यता भन्दा पनि “कारोबार”लाई जोड दिने अमेरिकी राष्ट्रपतिसँग कुरा गर्ने सही समय भएको चीनले ठानेको हुन सक्छ।

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्