सशांकले भने– ‘अब शेरबहादुर होइन, रामचन्द्र वा म हो प्रधानमन्त्री’


 


काठमाडौं, २३ कार्तिक

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले अबको प्रधानमन्त्रीको दाबेदार कांग्रेसबाट रामचन्द्र पौडेल र आफू भएको टिप्पणी गरेका छन्। बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भनेका छन् –शेरबहादुरजी अहिले प्रधानमन्त्री र पार्टी सभापति हुनुहुन्छ । अबको कुरा गर्दा रामचन्द्र दाइ हुनुहुन्छ । र, म पनि छु ।”

उनले पार्टी सभापति र प्रधानमन्त्री फरक फरक व्यक्ति हुनुपर्छ भनेर पहिले पनि कुराकानी भएको टिप्पणी गरे ।

“पार्टी सभापति र प्रधानमन्त्री फरक फरक हुनुपर्छ । रामचन्द्र पौडेल पनि पार्टीमा लागेको ४०–५० वर्ष भैसक्यो । उहाँमा अनुभव छ । प्रधानमन्त्री बन्न सक्ने गुण उहाँमा छ । मेरो पनि इच्छा रहन्छ ।”

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्