निर्वाचनका सन्दर्भमा आमसञ्चारको अनुगमन प्रेस काउन्सिलले गर्ने


 


काठमाडौँ,  कातिक २२

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागि सञ्चारजगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघका कावा अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीसँगको कुराकानीमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमा गर्न आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको बताउनुभयो ।

महासंघ टोलीको भनाइप्रति आफ्नो धारणा राख्दै प्रमुख डा यादवले निर्वाचन हाम्रो हो, यसमा महासंघको के योगदान हुन सक्छ भनेर जुन जिज्ञासा राख्नुभयो, यसले निर्वाचनप्रतिको कर्तव्य सबैको हो भन्ने प्रमाणित भएको छ भन्नुभयो ।

उहाँले आमसञ्चार अनुगमनको जिम्मा यसपटक पनि प्रेस काउन्सिल नेपाललाई दिइएको जानकारी पनि दिनुभयो ।

महासंघ टोलीले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै महासंघले निर्वाचनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास दिलाएको छ ।

आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनको वातावरण निर्माण गर्न सञ्चार क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गदैँँ निर्वाचनमा महासंघजस्तो संस्थाको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

टोलीमा महासचिव रमेश विष्ट, सचिवद्वय रेम विश्वकर्मा र रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्रलागयत सहभागी हुनुहुन्थ्यो ।रासस

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्