भोजपुरमा शेरधनले चार बर्षमा के–के गरे ? (कामको सूची सहित)


 


भोजपुर, कात्तिक २२

आज भन्दा ठिक चार बर्ष अघि यतिबेला दोस्रो संविधान सभा निर्वाचनको तयारी तिब्र थियो । आखिर कात्तिकको चिसो उही हो, ठिक चारबर्ष पछि फेरी चुनाबकै तयारी तिब्र छ ।

संविधान निर्माणका लागि त्यो चार बर्ष अघि भएको निर्वाचनबाट निर्वाचित सभासदले संविधान बनाएसँगै देश नयाँ कोर्षमा प्रवेश गरेको छ । अव देश विकास र समृद्धिमा प्रवेश गरेको दलहरुले उद्घोष गरेका छन् । त्यसैका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ ।

२०७० साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट पूर्वि पहाडको भोजपुर जिल्ला क्षेत्र नं २ बाट शेरधन राई निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित राईले ११ हजार ९ सय २७ मत प्राप्त गरी विजयी भएका थिए ।

तिनै राई प्रदेश सभा निर्वाचनमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश नं १ को मुख्य मन्त्री बन्नका लागि शेरधन प्रदेश सभाको निर्वाचनमा उठेका हुन् ।

यो चार बर्षको अवधिमा शेरधनको सबैभन्दा ठूलो उपलब्धी भनेको संविधान जारी गर्नु नै हो । २०६४ सालमा भएको पहिलो संविधान सभा संविधान जारी नगरी विघटन भएको थियो । संविधान जारी गर्ने सबै सभासदले इतिहास मात्र रचेनन् आ–आफ्ना जिल्लाका मतदाताले धन्यवाद समेत दिएका छन् ।

शेरधन सभासदमा निर्वाचित भएसँगै संसदको महत्वपूर्ण मानिएको सुशासन तथा अनुगममन समितिको सभापति भए । यसबीचमा शेरधन सूचना तथा सञ्चार मन्त्री समेत भए ।

संविधानसभाबाट पारित भएको नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दे भोजपुर क्षेत्र नं २ का
तत्कालिन सभासद शेरधन राई

यो चार बर्षको अवधिमा शेरधनले के–के गरे ? यहाँ जिल्ला समन्वय समिति भोजपुरको तथ्यांकको आधारमा लेखाजोखा गर्ने प्रयास गरिएको छ ।

प्रमुख काम र उपलब्धी

१. भोजपुरको एकमात्र हवाई मैदान टक्सार विमानस्थल कालोपत्रे ।

२. दलगाउँ—ओख्रे र सिक्तेल—कोट—गोगने—लेखर्क जोड्ने पिखुवा खोला गुम्बामा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालन ।

३. रानीटार—पाङ्चा—चखेवा सडकलाई तराईसँग जोड्ने दूधकोशी नदीमा पक्की पुलको शिलान्याससँगै निर्माण कार्य सुरु ।

४. धनकुटा—मुगा—घोरेटार सडक जोड्ने अरूण नदीको सुनवालुवामा पक्की पुल निर्माणको थालनी ।

५. सदरमुकाम भोजपुर—घोरेटार—हसनपुर सडकको चुहार र उदयपुरको मैनामैनी जोड्ने दूधकोशीमा पक्की पुल र भोजपुर च्याङ्ग्रे—बास्तिम—सानोदुम्मा सडकलाई धनकुटाको फलाटे—पाख्रीबाससँग जोड्न अरूण नदीको अँधेरीघाटमा यथाशीघ्र पक्की पुल निर्माणको लागि प्रस्ताव अगाडि सारेको ।

६. भोजपुर बजार—टक्सार—मानेभञ्ज्याङ—वैकुण्ठे—बासिखोरा—यूँ—बालांखा जोड्ने सडकलाई बहुवर्षीय आयोजनामा समावेश गरी सडक निर्माण र स्तरोन्नतिको काम भइरहेको । उक्त आयोजनालाई पाङ्चा—रानीटारसम्म बिस्तार गर्ने प्रस्ताव अगाडि वढाइएको छ ।

७. भोजपुर सदरमुकाममा नेपाल टेलिकमको टेलिफोन टावरको क्षमता वृद्धि र बजारलाई हटस्पट वाईफाई सेवाको लागि अप्टिकल लिंकले जोड्ने काम शुरुवात ।

घोरेटार बजारमा ल्याण्डलाइन टेलिफोन सेवा शुरू गराएको । संखामचुली, मानेभञ्ज्याङ, दुम्माना, अन्नपूर्ण, स्यामसिला आदि ठाउँमा टेलिफोन टावरहरू निर्माण गरिएको । बयाङ—देवन्टार, बास्तिम—मानेडाँडा, याङपाङ र कुदाककाउले लगायतका ठाँउहरूमा टावर स्थापना र सेवा सञ्चालनको काम शुरू भइसकेको ।

८. जिल्लामा SNRTP/UNNATI  परियोजना ल्याएको । क्षेत्र नं. २ मा भोजपुर—घोरेटार, भोजपुर—दलगाउँ—ओख्रे, तिवारी भञ्ज्याङ—च्याङ्ग्रे—सानोदुम्मा र उन्नति परियोजनाबाट भोजपुर—टक्सार— गुम्बा हुँदै कोट—गोगने—लेखर्क तर्फको सडक बिस्तार र स्तरोन्नतिको काम धमाधम भइरहेको ।

सूचना तथा सञ्चार मन्त्रीको पदबहाली गर्दे शेरधन राई

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (०७१/०७२ देखि ०७४/०७५ सम्म) को बजेटबाट सम्पन्न गरिएका काम तथा योजना आयोजनाहरूः

१ भोजपुर बजार बैंकरोडदेखि अदालतसम्म सडक ढलान ८,००,०००

२ बालांखा—तारेभीर पाङ्चा—सांकाफोप—रानीटार सडक १२,००,०००

३ बैकुण्ठे—बासिखोरा—यूँ सडक निर्माण ८,००,०००

४ सगरमाथा उच्च मावि घोरेटारमा विज्ञान प्रयोगशाला भवन निर्माण १४,००,०००

—५ ब्याडमिन्टन कभर्ड हल निर्माण भोजपुर ३०,००,०००

—६ घोरेटार—खैराङ—पात्लेपानी—हसनपुर सडक निर्माण १४,००,०००

७ कृषि तालिम तथा अलैँची विरूवा खरिद भोजपुर ७,००,०००

८ घट्टेखोला—आम्तेक—तिलाहार—च्याङ्ग्रे—बास्तीम—सानोदुम्मा—अँधेरीघाट सडक निर्माण १२,००,०००

९ भुल्के—धोदलेखानी कटुञ्जे हुँदै पाक्माखाम सडक निर्माण १६,००,०००

१० कोट बानुवादेखि गोगनेको धाइपा रचने हुँदै लेखर्क साविक ९ सडक निर्माण ८,५०,०००

११ विद्योदय उच्च मावि भवन पूर्वाधार निर्माण तथा मर्मत १०,००,०००

१२ टक्सार महोत्सव तीनधारा सडक ढलान १०,००,०००

१३ चारभञ्ज्याङ—पानीटैंकी सडक स्तरोन्नति १०,००,०००

१४ सानोदुम्मा—अँधेरीघाट सडक निर्माण १०,००,०००

१५ भोजपुुर बजार—टक्सार—डबली पाहारपानी—बास्तिम—च्याङ्ग्रे सडक १०,००,०००

१६ बैकुण्ठे गंगाखोला लघुजलविद्युत आयोजनाका लागि खम्बा खरिद १२,००,०००

१७ पञ्चकन्या उमावि च्याङ्ग्रे भवन निर्माण र विज्ञान प्रयोगशाला भवन निर्माण ३७,००,०००

१८ बालांखा—तारेभीर—सांकाफोप सडक निर्माण १०,००,०००

१९ लेखर्क—वैराङ—खेना—हुर्बु भञ्ज्याङ सडक निर्माण ३०,००,०००

२० भोजपुुर कोदार रंगशाला निर्माण १०,००,०००

२१ सिन्द्राङ—छिर्लिङखोला लघुजलविद्युत आयोजना निर्माण १०,००,०००

२२ देवान्टार बयाङ—डुम्रे—दुम्माना सडक निर्माण तथा स्तरोन्नति ८,००,०००

२३ खैराङ—फलामढुंगा—पुर्णेडाँडा—बयाङ—बालांखा सडक मर्मत तथा स्तरोन्नति ८५,००,०००

२४ सिंहदेवीमार्ग बासीखोरा साविक ५ देखि देवनटार जोड्ने सडक निर्माण १२,००,०००

२५ माटीकोरे—डाँडाखर्क—ओख्रे कृषि सडक निर्माण तथा स्तरोन्नति १०,००,०००

२६ दुम्माना एखुवाखोला चिसापानी जलविद्युत आयोजना साविक ४ र ५ पावर हाउस बाँध निर्माण १०,००,०००

२७ रामप्रसाद राई स्मृति पार्क निर्माण बासिखोरा १०,००,०००

२८ थिदिंखा छेलोभञ्ज्याङ—धिन्ताङ सडक मर्मत तथा स्तरोन्नति १०,००,०००

२९ टक्सार—बास्तिम सडक निर्माण १०,००,०००

३० ठूलोदुम्मादेखि होम्ताङ हुँदै सुनबालुवा जोड्ने सडक निर्माण २२,००,०००

३१ गोगनेखोलादेखि विद्येश्वर उच्च मावि हुँदै लेखर्क पान्धारे जोड्ने सडक स्तरोन्नति १०,००,०००

३२ बैकुण्ठे—भालेढुङ्गा—कन्यदह—होम्तोक हुँदै धोदलेखानी कटुञ्जे जोड्ने सडक १०,००,०००

३३ मानेभञ्ज्याङदेखि आम्बोटे बेहेरेश्वरधाम हुँदै दलगाउँ जोड्ने सडक १०,००,०००

३४ कावाखोला लघुजलविद्युत आयोजना देवन्टार खम्बा खरिद १०,००,०००

३५ पाङ्चा—मार्जिताङ—दारेगाँैडा सडक निर्माण १०,००,०००

३६ गोसेथान मार्से बितलब हुदै बास्तिम जोड्ने सडक निर्माण १५,००,०००

३६ कोट दिप्सागुठी हुँदै जौनागीसम्म सडक निर्माण तथा स्तरोन्नति १०,००,०००

३७ भुल्के—ओख्रे विद्युत बिस्तार १०,००,०००

३८ जिल्ला प्रशासन कार्यालयदेखि पानीटैंकीसम्म सडक स्तरोन्नति १०,००,०००

३९ होम्ताङ प्रजातन्त्र माविदेखि पुरानो घिर्लिङसम्मको सडक स्तरोन्नति १०,००,०००

४० खैराङ सुनाहाङ फुटबल मैदान निर्माण १०,००,०००

४१ हसनपुर—कोलटार—उखुबारी—हलेदे सडक १६,००,०००

४२ पेक्ला दितेनी लुङ्गीन कावाखोला लघुजलविद्युत कुलो मर्मत र खम्बा खरिद १७,५०,०००

४३ होम्ताङ गुर्धुम पिखुवा सडक १०,००,०००

४४ आमचोक ३ थिदिंखा चुमाराङ—थर्पुडाँडा—माङतेला—एखुवाखोला सडक निर्माण १०,००,०००

४५ आमचोक दुम्माना ९ बोखिमटार जोगेपत्थर सडक स्तरोन्नति १०,००,०००

४६ आमचोक ३ चुमाराङ—सामाराङ—बालांखा सडक निर्माण १०,००,०००

४७ बालांखा पानीटार खेल मैदान निर्माण १४,००,०००

४८ पौवादुम्मा ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठूलोदुम्मा विद्युत खम्बा र तार खरिद १८,००,०००

४९ वैकुण्ठे सग्रबास भुइँदल घलेगाउँ विद्युत खम्बा खरिद १०,००,०००

५० दलगाउँ सहेले विद्युत खम्बा खरिद १०,००,०००

५१ रामप्रसाद राई गा.पा. ७ बासिखोरा विद्युत खम्बा र तार खरिद १०,००,०००

५२ ओख्रे हुर्बु भञ्ज्याङ हुँदै धोदलेखानी साविक ९ सम्म विद्युत खम्बा बिस्तार १०,००,०००

५३ सिन्द्राङबाट देवन्टारको वाराताङ खाम्ताङ हुँदै डुम्रे दुम्माना जोड्ने सडक १०,००,०००

५४ भोजपुर नगरपालिकामा दलित भवन निर्माण १०,००,०००

५५ बासिखोरा खावाहाङ ग्रामीण कृषि सडक निर्माण १०,००,०००

५६ भुल्के धोदलेखानी ७ कटुञ्जे पाक्माखाम र धोदलेखानी ओख्रे जोड्ने सडक निर्माण तथा स्तरोन्नति १०,००,०००

५७ टक्सार पुरानो डबलीदेखि जुकेखोलासम्मको सडक स्तरोन्नति १०,००,०००

५८ ओख्रे खेना विद्युत बिस्तार १०,००,०००

५९ पावला खालिङ भञ्ज्याङदेखि पिपिमाला हुँदै दुम्माना जोड्ने सडक १०,००,०००÷—

६० मानेभञ्ज्याङ—बैकुण्ठे पिखुवाखोला सोलार पम्पिङ खानेपानी योजना १२,००,०००

६१ बोङ्वाखोला १ लघुजलविद्युत आयोजना बालांखा विद्युत खम्बा खरिद १०,००,०००

६२ बोङ्वाखोला २ लघुजलविद्युत आयोजना वासिङथर्पु विद्युत खम्बा खरिद १०,००,०००

निर्वाचन क्षेत्र विकास कार्यक्रम (०७०/०७१ देखि ०७४/०७५ सम्म) को बजेटबाट गरिएका काम र योजनाहरूः

१ बासीखोरा—दलदले—खुक्सिक ग्रामीण कृषि सडक निर्माण ३,००,०००

२ पाङ्चा—नागी—चखेवा सडक निर्माण २,००,०००

३ मदन भण्डारी स्मृति प्रतिष्ठान भोजपुर कार्यालय ब्यवस्थापन र फर्निचर २,५०,०००

४ यूँ हिमालयन रिन्छेन्जुङ गुम्बा मर्मत ५०,०००

५ आम्तेक साविक ९ राङभाङ्गे कृषि सडक निर्माण ५०,०००

६. दलगाउँ दिपेनी खानेपानी योजना ५०,०००

७ रानीबास साविक ९ पञ्चकन्या भगवती निमावि खेल मैदान निर्माण १,६०,०००

८ रानीबास पुर्णेडाँडा खेलमैदान बिस्तार ७५,०००

९ होम्ताङ प्रजातन्त्र माविदेखि नकराङ सुनबालुवा सडक निर्माण २,५०,०००

१० पेक्ला दितेनी रानीबास लघुजलविद्युत खम्बा खरिद १,५०,०००

११ भुल्के धोदलेखानी साविक ९ सडक स्तरोन्नति १,००,०००

१२ भोजपुर चारभञ्ज्याङ भोटेपसल सडक ढलान १,५०,०००

१३ साविक कोट गाविस खेलमैदान निर्माण १,००,०००

१४ साविक गोगने डाङडुङ्गे खानेपानी योजना निर्माण १,००,०००

१५ असन्तुष्टि आत्मग्याङ पुस्तकालय ब्यवस्थापन साविक कोट ५०,०००

१६ सन्तानेश्वर महादेव मन्दिर संरक्षण सानोदुम्मा २,००,०००

१७ विद्येश्वर उच्च मावि कम्प्युटर र ऊर्जा ब्यवस्थापन गोगने १,००,०००

१८ खैराङ पञ्चकन्या निमावि भवन टेवा पर्खाल निर्माण २,००,०००

१९ लेखर्क सिंहदेवी उच्च मावि हिरक स्मारक गेट निर्माण ४,००,०००

२० थिदिंखा एखुवाखोला लघुजलविद्युत आयोजना ४,००,०००

२१ मानेभञ्ज्याङ खेल मैदान प्यारापिट निर्माण २,००,०००

२२. हसनपुर ज्यामिरे—कोलटार—मझुवा—हलेदे सडक निर्माण ६,००,०००

२३ घोरेटार खेलकुद मैदान ६,००,०००

२४ सानोदुम्मा मावि सूचना—प्रविधि खरिद १,००,०००

२५ होम्ताङ खेलमैदान निर्माण १,००,०००

२६ आम्तेक खेलकुद विकास कार्यक्रम १,००,०००

२७ थिदिंखा साविक ८ दिसंला खेलमैदान निर्माण ५०,०००

२८ ओख्रे चिसापानी खानेपानी टैंकी घेराबारा ५०,०००

२९ सगरमाथा उच्च मावि विज्ञान प्रयोगशाला भवन निर्माण ४,००,०००

३० सिन्द्राङ—देवन्टार—वाराताङ—सेपी—खाम्ताङ डुम्रे दुम्माना सडक ३,००,०००

३१ थिदिंखा पसलभञ्ज्याङ चण्डीखोला खानेपानी आयोजना ५,००,०००

३२ उन्नति सामुदायिक रेडियो भोजपुर १०,००,०००

३३ थिदिंखा चुमाराङ एखुवाखोला कृषि सडक मर्मत १,५०,०००

३४ भगवती निमावि माझाखानी दुम्माना १,५०,०००

३५ भोगटेनीबाट कंकला जोड्ने सडक निर्माण २,२५,०००

३६ पिखुवा—दिदीबहिनी डाँडा झोपुदेखि बेलबोट आहाले घोडेटो बाटो निर्माण १,५०,०००

३७ पावला खालिङ भञ्ज्याङदेखि पिपिमाला हुँदै दुम्माना जोड्ने सडक निर्माण १३,००,०००

३८ कोट सिद्धेश्वर खेलमैदान निर्माण २,००,०००

३९ सिर्जना युवा क्लब बालांखा खेलमैदान निर्माण १३,००,०००

४० शिवालय मन्दिर जिर्णोद्वार लुङ्गीन रानीबास १,५०,०००

४१ बालकल्याण निमावि सानोदुम्मा फर्निचर खरिद १,००,०००

४२ कटहरे सिंचाई आयोजना मानेभञ्ज्याङ १०,००,०००

४३ होम्ताङ रेपा माटोखानी सडक ४,००,०००

४४ होम्ताङ बालकन्या—पिखुवा—ठूलोदुम्मा जोड्ने सडक निर्माण ४,००,०००

४५ पात्लेपानी खानेपानी मर्मत सम्भार २,००,०००

४६ खैराङ फलामढुंगा साकेन्वा थेत्लुङ निर्माण तथा ब्यवस्थापन २,००,०००

४७ बुलबुले खानेपानी योजना रचने गोगने २,००,०००

४८ बालसुधार पञ्चकन्या प्रावि बास्तिम भुइँ ढलान २,००,०००

४९ टक्सार कृष्णमन्दिर रैकर सडक स्तरोन्नति २,५०,०००

५० बैकुण्ठे भुइँदलधारादेखि सग्रबाससम्मको सडक मर्मत २,००,०००

५१ थिदिंखा लहरेमाने—देउराली—बनेवा—महादेवथान सडक ३,००,०००÷—

५२ बासिखोरा भञ्ज्याङ रितुपानी शंखकाली सामुदायिक भवन १,५०,०००÷—

५३ बासिखोरा भञ्ज्याङ—खुक्सिक सोती कृषि सडक ३,००,०००÷—

५४ टक्सार परिवर्तनटोलदेखि दिपेनीखोला हुँदै पालुवा जोड्ने सडक निर्माण ३,००,०००

५५ थामचौतारा—मानेभञ्ज्याङ सडक निर्माण ३,००,०००

५६ मकालु प्रावि राधुन देवन्टार खेलमैदान बिस्तार १,५०,०००

५७ नेपाल शिक्षक महासंघ भोजपुर अभिमुखीकरण कार्यक्रम १,००,०००

५८ थिदिंखा चुमाराङ माङतेला भागीरामे खानेपानी योजना मर्मत २,००,०००

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्