लमजुङमा लागुऔषधसहित तीन पक्राउ


 


लमजुङ,  कात्तिक २२

लमजुङ प्रहरीले लागुऔषधसहित आज सुन्दरबजार–९ सिउँडीबारबाट दुई भारतीय सहित तीनजनालाई पक्राउ गरेको छ ।

गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस तथा सुन्दरबजारका विकास न्यौपानेबाट लागुऔषध दुईसय एमएल मात्राका डाइजोपाम, फेनारगन र नुफिन एक/एकवटा, ११ ग्राम गाँजा र रिफआइ नाम भएको लागुऔषध ५६ ट्याब्लेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्