चुनाब नजिकिदै गर्दा बिप्लब समुहका कार्यकर्ता पक्राउ


 


पाँचथर,  कात्तिक २२

पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्र विक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्नसक्ने गतिविधि नियन्त्रण गर्न उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

उनीहरुमध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले आज बिहान पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केही सार्वजनिक अपराध मुद्दामा पक्राउ गरी म्याद थप गरी कानूनी प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पनि पाँचथर प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरी निर्वाचनपछि छाडेको थियो ।

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्