कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक,हेर्नुहोस के के छन त एजेन्डा ?


 


काठमाडौं, कात्तिक २१
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफुँहरु देश बनाउनको लागी बाम गठबन्धन गरेको बताएका छन । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा यस्तो बताएका हुन ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताए । आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै उनले आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए ।


गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्रमा काठमाडौँलाई तराई– मधेशसँग जोड्ने महत्वाकाक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । कार्यक्रममा माओवादी अध्यक्ष, पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरे ।

आशन्न निर्वाचनपछि पार्टी एकताको तयारी गरेका एमाले र माओवादी केन्द्र संयुक्त घोषणापत्र लिएर मतदाता समक्ष जान लागेका छन् ।

हेर्नुहोस पुर्णपाठ

बाम घाेषणापत्र

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्