राप्रपाको घोषणापत्र : राजतन्त्र र हिन्दुराष्ट्र पुन: फर्काउने


 


काठमाडौं, कात्तिक २१

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

ललितपुरमा रहेको हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको राजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको रुपमा राजसंस्था आवश्यक छ भन्ने उल्लेख छ । त्यसैगरी नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने अडान घोषणापत्रमा प्रस्तुत भएको छ ।

अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुने भन्दै राजसंस्था सहितको लोकतन्त्रको अवधारणा त्यस्तो सम्झौताको सुत्र हुन सक्ने राप्रपाले बताएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्