नेपाल एयरलाइन्सको बिमान दुर्घटना


 


भैरहवा, कात्तिक २०
भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ ।
ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।


रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।
यही जहाज यसअघि पनि भैरहवा मै ल्याण्ड गर्दा टाएर पंचर भएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्