पूर्व राष्ट्रपतिलाई १५ दिनभित्र निवास खाली गर्न घरबेटीको आग्रह


 


काठमाडौं , कात्तिक २०
पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई सरकारले उपलब्ध गराएको निवास खाली गर्न घरभेटीले सार्वजनिक सूचना जारी गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर ४ बागडोलका रविभक्त विष्टको घरमा बस्दै आएका यादबलाई एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरी घर खाली गरिदिन बिष्टले आग्रह गरेका छन् ।

सूचनामा २०७४ साउनदेखि बहाल सम्झौता पनि नविकरण नभएको, बिजुलीको विल रकमसमेत भुक्तानी नगरेर जबरजस्ती रुपमा बस्ने र बसाउने काम गरेको उल्लेख गरिएको छ ।

विष्टले पूर्वराष्ट्रपतिलाई समेत पटक पटक लिखित जानकारी गराउँदा समेत खाली नभएकाले १५ दिनभित्र घर र कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरिदिन भनेका छन् ।

हेर्नुहोस जारी गरिएको सुचना

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्