तपाईको आजको राशिफल हेर्नुहोस्
आज मिति २०७४ साल कार्तिक २० गते सोमबार । तद्नुसार, इश्वी संवत सन् २०१७ नोभेम्बर ६ तारिख । नेपाल संवत ११३८ कछलाथ्व ।
कार्तिक शुक्लपक्ष, दिव्तीया तिथि ७ः२४ बजेदेखि तृतिया, २९ः७ बजेउप्रान्त चतुर्थी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल
मेष
धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।
वृष
व्यापार व्यवसायमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।
मिथुन
मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।
कर्कट
पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।
सिंह
शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।
कन्या
नयाँ कामको अवसर मिल्नेछ । तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।
तुला
परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।
वृश्चिक
आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।
धनु
सोचेका कामहरु बन्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।
मकर
बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।
कुम्भ
आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।
मीन
आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।
प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार