को-को हुँदैछन् समानुपातिक सांसद ? यस्तो छ सम्भावना


 


काठमाडौं, कार्तिक २०

प्रत्यक्षमा ७० को सट्टा ५० सिट र समानुपातिकमा ३३ प्रतिशत मत ल्याएमा कांग्रेसका कुल सांसद ८६ :

३३ प्रतिशत महिलालाई सुरक्षित गर्दा कांग्रेसबाट सांसद हुने महिलाको संख्या २८ हुनेछ । प्रत्यक्षका सबै ९ जना महिलाले जितेमा समानुपातिकततर्फ १९ जना महिलाले अवसर पाउनेछन् । यसो गर्दा समानुपातिकमा पुरुषले पाउने सिट १४ बढेर १७ हुनेछ ।

तर, प्रत्यक्षमा पार्टीले धेरै सिट जित्दा पुरुषकै संख्या बढ्ने हुनाले क्षतिपूर्तिस्वरूप समानुपातिकमा महिलाका लागि पुरुषको संख्या घट्दै जानेछ ।

यसरी पार्टीहरूले प्रत्यक्षमा जति थोरै सिट जित्नेछन् महिलाका लागि क्षतिपूर्ति दिनुपर्ने संख्या उत्ति नै घट्नेछ । र, पुरुषहरूले धेरै अवसर पाउनेछन् । कांग्रेसले प्रत्यक्षमा ३० सिट मात्र जितेको अवस्थामा समानुपातिकबाट अवसर पाउने पुरुष उम्मेदवारहरू प्राथमिकताका आधारमा :

खसआर्य : बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे

जनजाति : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी

मधेसी : विनोदकुमार चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय

दलित : मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली स्नेही

थारु : पद्मनारायण चौधरी, मुस्लिम : अतहर कमाल

बन्दसूचीको क्रमसंख्यामा ‘यथासम्भव’ भन्ने छिद्र

प्रतिनिधिसभा निर्वाचनबाट कम्तीमा ९१ जना महिला संसद् सदस्यका रूपमा निर्वाचित हुनेछन् । दलहरूले प्रत्यक्षतर्पmको निर्वाचनमा नगण्य अवसर दिए पनि क्षतिपूर्तिस्वरूप महिलाले समानुपातिकबाट उल्लेख्य प्रतिनिधित्व गर्दै छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ र समानुपातिकका ११० गरी जम्मा २७५ को ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

समानुपातिकबाट उम्मेदवार निर्वाचत गर्दा क्रमागत रूपमा निर्वाचित गर्नुपर्नेछ । तर, प्रतिनिधिसभा समानुपातिक सदस्य निर्वाचन ऐनमा दलहरूले ‘यथासम्भव’ भन्ने शब्द राखेर अन्तिममा पनि नेतृत्वअनुकूल गर्न सक्ने छिद्र राखेका छन् ।

समचार र ग्राफिक्‍स नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्