२५९ जनाले लिए उम्मेदवारी फिर्ता, ३८४ पदका लागि अब कति प्रतिस्पर्धामा ?


 


काठमाडौं, कार्तिक १९

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये २५९ ले उम्मेदवारी फिर्ता लिएका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि ४ हजार ७४७ जनाले उमेदवारी दिएका थिए ।
जसमध्ये २५९ जनाको उमेदवारी फिर्ता, दुई जनाको उमेदवारी रद्द तथा ४ जनाको उजुरीका आधारमा खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४ हजार ४८२ जना उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरिएको जानकारी आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आइतबार नै निर्वाचन चिह्न प्रदान गरिएको छ । चुनाव चिन्ह लिएपछि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले सोमबारबाट प्रचार–प्रसार गर्न पाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्