गोरखा २ का काग्रेसको गुनासो : नयाँ शक्तीमा भोट खसालिन्न


 


गोरखा , कात्तिक १९
गोरखा क्षेत्र नम्बर २ का नेपाली काग्रेसका अग्रज एबम द्धन्द्ध पिडितहरुले प्रत्यक्ष तर्फ मतदान नगर्ने भएका छन । कांग्रेसले नयाँ शक्तिसँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै आफुहरुले मतदान नगर्ने बताएका हुन ।
आइतवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनीहरुले नयाँ शक्ती र काग्रेसले गुटगत स्वार्थका लागी पुराना कार्यकर्ताप्रति अराजनीतिक व्यवहार गरेको आपत्ती जनाएका हुन ।


‘गठवन्धन पदसँग साँटियो, बिचारको मुल्याङकन भएन,’ जिल्ला बिकास समितिका पूर्व सभापति एवं नेपाली काग्रेसका पुराना कार्यकर्ता चन्द्र प्रसाद न्यौपानेले भन्नुभयो ‘गोरखा २ मा काग्रेसको उमेदवार छैन, त्यहा न हाम्रो रुख छ न मुख छ अनि किन भोट हाल्ने ?’
आफु २०४८ सालदेखि हालसम्म निरन्तर कांग्रेसमा लाग्नेको अपहेलना गरेको भन्दै उहाँले गुनासो गर्नुभएको थियो । त्यस्तै उहाँले बाबुराम सूर्य चिन्ह लिएर चुनाव लड्न तयार हुने तर रुख चिन्ह लिन असहमत भएपछि आफुहरुले प्रत्यक्ष मा नयाँशक्तीमा भोट नखसाल्ने बताउनुभएको थियो ।
गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधिसभा सदस्यका लागी काग्रेससँग तालमेल गरेर नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइ साझा उमेदवार बन्नुभएको हो ।

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्