बाम उमेद्वार लाई समर्थन गर्दै ओलीको उमेद्वारी फिर्ता


 


दाङ,कात्तिक १९
क्षेत्र नम्बर ३ दाङ मा वाम गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।

एमाले नेताहरुसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको र अब वाम गठबन्धनका उम्मेदवारलाई नै समर्थन गर्ने ओलीले बताईन ।


त्यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्माका दुई बागी उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीका नेताहरुसँगको छलफलपछि बागी उम्मेदवारी दिने पूर्व सभासद कुवेर ओली र वाईसीएल केन्द्रिय नेता गेदलाल भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्