सुनचाँदीको भाउ घट्यो, कति छ मूल्य ?


 


काठमाडौं, कात्तिक १९
साताको पहिलो दिन आइतबार (आज) सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोल एक सय र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोल ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ५५ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ ७ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्