युवा संघ मोरङका अध्यक्ष निरौला माथि अज्ञात समुहको आक्रमण


 


विराटनगर , कात्तिक १८
एमालेसम्वद्ध युवा संघका मोरङ अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण भएको छ ।

शनिबार साँझ ५ बजेतिर बाटोमा हिडिरहेको बेला मोटरसाईकलमा आएको एक समुहले उनलाई आक्रमण गरेको हो ।

मोरङका प्रहरी प्रमुख अरुण बिसीका अनुसार मोटरसाईकलमा आएका एक समुहले उनलाई आक्रमण गरेको थियो । दुधर्फम नजिकै निरौलामाथि धारिलो हतियार प्रहार भएको हो । उनको हातमा चोट लागेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्