तनहुँ १ का स्वतन्त्र उमेदवार जोशी भ्रष्टचार ठहर, रामचन्द्र पौडेललाई राहत


 


काठमाडौं, कात्तिक १८
तनहँ १ मा स्वतन्त्र उमेद्वारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।


कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तनहुँ १ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल ले जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी गर्दै उजुरी गरेका थिए ।

आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ । आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्