फेरी सडक दुर्घटना: ४ जनाको घटनास्थलमै मृत्यु


 


डोटी, कात्तिक १८

डोटीमा जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।

दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका–३ देउराडीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउँन बाँकी छ । अहिले उद्धारको काम भैरहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्