उम्मेदवारी दर्ता गरेका सातजना विरुद्ध अाज छानविन गरिने


 


काठमाडौं, कात्तिक १८

दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता गराएका सातजना विरुद्ध परेको दाबी विरोधमा निर्वाचन आयोगले अाज छानविन गर्ने भएको छ ।

बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका कांग्रेसकै नेता गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गर्नुभएको छ ।

जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला कायमै रहेकाले जोशीले चुनाव लड्न नपाउने दाबी पौडेलले गर्नुभएको छ । पौडेलको दाबी विरोधमाथि निर्वाचन आयोगले छानविन गरी शनिबार नै निर्णय गर्नेछ ।

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्