भोेजपुरबाट समानुपातिक सूचीमा कुन दलबाट को–को परे, कति नम्बरमा छन् ?


 


काठमाडौं, कात्तिक १८
भोजपुरबाट समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत एक दर्जन नेताहरु अन्तिम बन्द सूचीमा पर्न सफल भएका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाबाट नेताहरु बन्द सूचीमा परेका हुन् । समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधि सभामा ११० र प्रदेश सभामा ३३० जनाले समानुपातिक सांसद हुने मौका पाउँदैछन् ।

एमालेबाट प्रतिनिधि सभाका लागि घनेन्द्र बस्नेतको नाम बन्द सूचीमा परेको छ । भोजपुरकै मुकुन्द न्यौपानेको पनि नाम समावेश छ । यद्यपी न्यौपानेको ठेगाना अन्तिममा काठमाडौं राखिएको छ ।

२०५६ सालमा प्रतिनिधि सभाको निर्वाचन जितेका बस्नेतको नाम खर्स आर्य समुदायबाट ६ नम्बरमा राखिएको छ ।

त्यस्तै प्रदेश सभामा एमाले केन्द्रिय सदस्य हरिबहादुर राईको नाम बन्द सूचीमा परेको छ । प्रदेश नं १ मा आदिवासी जनजाति पुरुष तर्फ राईको नाम ६ नम्बरमा समावेश छ ।

प्रदेश नं १ मा ३७ जनाले समानुपातिक सांसद बन्ने मौका पाउँदैछन् । त्यस्तै एमालेबाट सिर्जना राईको नाम आदिवासी जनजाति महिलाबाट समावेश भएको छ । उनको नाम ८ नम्बरमा राखिएको छ ।

प्रदेश नं १ को प्रदेश सभाका लागि कांग्रेस भोजपुरबाट तीन जनाको नाम बन्द सूचीमा प्रवेश गरेको छ । आदिवासी जनजाति पुरुषबाट गोपाल तामाङको ७ नम्बरमा नाम समावेश छ ।

त्यस्तै आदिवासी जनजाति महिलाबाट माया राईको नाम ५ नम्बरमा रहेको छ । दलित कोटाबाट रोहित विश्वकर्माको नाम १ नम्बरमा राखिएको छ । विश्वकर्मा सांसद हुने सम्भावना बलियो बनेको छ ।

त्यस्तै कमल थापाको राप्रपाबाट टंक ढकालको नाम समानुपातिक बन्द सूचीमा रहेको छ । खस आर्य समुदायबाट ढकालको नाम ४ नम्बरमा रहेको छ ।

त्यस्तै संघीय समाजवादी फोरमबाट प्रतिनिधि सभाका लागि ११ नम्बरमा टिकादेवी राईको नाम बन्द सूचीमा पर्न सफल भएको छ । उनको आदिवासी जनजाति महिलाको कोटाबाट नाम परेको हो ।

प्रदेश सभामा योगेन्द्र बहादुर कट्वाललको नाम परेको छ । खस आर्यबाट कट्वालको नाम १ नम्बरमा परेको छ ।

त्यस्तै प्रदेश सभामा राप्रपा प्रजातान्त्रिकबाट धिरेन्द्र श्रेष्ठको नाम आदिवासी जनजातिबाट ३ नम्बरमा परेको छ ।

कुन समुदायबाट कति प्रतिशत ?

खस आर्य ३१.२

आदिवासी जनजाति २८.७

दलित १३.८

मधेशी १५.३

थारु ६.६

मुस्लिम ४.४

पिछडिएको क्षेत्र ४.३

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्