गोविन्दराज जोशी भ्रष्टाचारी भन्दै मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता


 


काठमाडौं, कात्तिक १७
नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गर्नुभएको छ ।

जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न नपाउने ब्यबस्था रहेको छ ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पनि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध नै बागी उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्