भोजपुरमा विप्लवको पार्टीले कांग्रेस उम्मेदवारको घर कब्जा गर्याे


 


काठमाडौं, कात्तिक १७
भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कांग्रेस उम्मेदवारको घर कब्जा गरेको छ ।

आगामी मंसिर १० गते हुने निर्वाचनको प्रदेश सभा अन्र्तगत भोजपुर क्षेत्र नं २ का कांग्रेस प्रत्यक्ष उम्मेदवार गोविन्दबहादुर कार्कीको घर कब्जा गरेको नेकपाले जारी गरेको विज्ञप्तीम उल्लेख छ ।

कार्कीको घर भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको थियो । चुनाव खारेज गर्ने कार्यक्रम अन्र्तगत कार्कीको घर कब्जा गरेको नेकपाका भोजपुर सेक्रेटरी मादेनले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

सेक्रेटरी मादेनले देशकोन्युज सँग कुरा गर्दे भने हो, हामीले कांग्रेस उम्मेदवारको घर कब्जा गर्ने विज्ञप्ती मार्फत जनाएका छौं । भौतिक रुपमा उम्मेदवारसँग छलफल गरेर थप अगाडि बढ्छौं, उनले भने ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्