सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, कात्तिक १७
साताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । हिजोका तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ५५ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी ७ सय ६५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्